• मङ्गलबार २ भदौ, २०७७

    मलेसिया । गैरआवाशिय नेपाली संघ मलेशियाका पूर्व महासचिव समेत रहेका सुनिल चालिसेलाई मलेशियन प्रहरीले पक्राउ गरेको हो । त्यस्तै भट्टराईले बरिष्ठ उपाध्यक्ष सुन्दर आले मगर विरुद्ध समेत उजुरी दिएपछि मलेशियन प्रहरीले उनलाई समेत खोजी गरिरहेको पाइएको छ ।

    गैरआवाशिय नेपाली संघ मलेशियाका अध्यक्ष हरि भट्टराईको उजुरीका आधारमा गैरआवाशिय नेपाली संघ मलेशियाका पूर्व महासचिव समेत रहेका सुनिल चालिसेलाई मलेशियन प्रहरीले पक्राउ गरेको हो ।

    स्रोतका अनुसार भट्टराईले चालिसे र मगर विरुद्ध झूटो उजुरी र निवेदन दिएका थिए । सञ्चार माध्यमहरुमा एनआरएन मलेशियाका अध्यक्ष भट्टराईले गरेको गलत क्रियाकलापको समाचार सार्वजनिक भएपछि उनीहरुले नै समाचार दिएको आरोप लगाइएको पाइएको छ ।

    यस संस्थासँग उनीहरु दुवैको कुनै समलग्नता छैन । ‘यहाँ समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न गठन गरिएको संस्था हो एनआरएन ।

    प्रहरीले पक्राउ गरेका नेपालीलाई समेत उद्दारको जिम्मा पाएको एनआरएन अध्यक्षले आफै उजुरी गरेर यहाँको नेपालीलाई पक्राउ गराउनु गम्भिर अपराध हो,’ एनआरएनका पूर्व उपाध्यक्ष् समेत रहएका एक अधिकारीले भने,‘हामीले मलेशियामा रहेको नेपाली दूतावाससँग गुहार माग्दा समेत सुनुवाई भएको छैन ।’

    भट्टराईले यसअघि समेत मलेशियामा एक पत्रकारलाई उजुरी दिएर बिनाकारण पक्राउ गराएको थियो भने उपाध्यक्ष सुन्दर आलेले आफू विरुद्ध अध्यक्ष भट्टराईले उजुरी दिएकोभनि सामाजिक सञ्जालमै लेखेका हुन् ।

    उनले भने ‘मैले तन, मन, धनले हरेक नेपालीहरु प्रति सकेको सहयोग गर्दै आएको र निरन्तर गर्ने पनि छु । यति गर्दा पनि म म प्रति संघ भित्रकै अध्यक्ष लागाएत संघ भित्रकै व्यक्तिहरु मलाइ फसाउने तरिकाले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर रिपोर्ट गरिएको हुँदा राजदुतावास मलेसिया, विभिन्न संघ सस्था, साथै शुभ चिन्तकहरुमा जानकारी गर्दछु,’ उनले लेखेका छन्,‘मलाइ लगाएको आरोपबारे छिट्टै सत्य तथ्य आउने नै छ । यस आरोप सम्बन्धि मैले कार्वाहीको लागि सम्बन्धित कानुनको सहायताबाट अगाडि बढ्ने जानकारी समेत गर्न चाहन्छु । तसर्थ मलाई बिना कसुर प्रशासनमा बुझाउने षड्यन्त्र रचिएको हुँदा मलाई लाग्छ मेरो सुरक्षाको चासो यहाँहरुले अवश्य लिनु हुनेछ । साथै मेरो सुरक्षाको निम्ती सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सम्बन्धित निकाय मार्फत पहल गरिदिनु हुनेछ भन्ने आसा गर्दछु ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…