• लहान भदौ १८ गते।प्रदेश २ का ३६ स्थानीय तहले चालू आर्थिक वर्षको बजेट अझै ल्याउन सकेका छैनन् । प्रदेश २ मा १३६ स्थानीय तह छन् । जसमध्ये १ सय स्थानीय तहले बजेट ल्याइसकेको छ ।

    असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट प्रदेश २ का ३६ पालिकाले भदौ १७ गतेसम्म ल्याउन नसकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय, जनकपुरले जनाएको छ । कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार निर्धारित समयमा बजेट ल्याउन नसक्ने पालिकाको संख्या सातै प्रदेशमध्ये प्रदेश २ मा सबैभन्दा बढी छ ।

    प्रदेश २ का स्थानीय तहमा बजेट र योजना तानातानकै कारण नगरसभा विवादित बनिरहेको छ । प्रदेश २ का आठ जिल्लामध्ये सबैभन्दा बढी रौतहटका स्थानीय तहले निर्धारित समयसीमाभित्र बजेट ल्याउन सकेका छैनन् ।

    रौतहटका गरुडा, राजदेवी, ईशनाथ, कुठारिया, देवाही गोनाही, परोहा, फतुवा विजयपुर, बौधीमाई, वृन्दावन र यमुनामाई गरी १० ओटा पालिकाले बजेट ल्याउन नसकेका प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय, जनकपुरले जनाएको छ ।

    पर्साका सात पालिकाले पनि बजेट ल्याउन सकेका छैनन् । पर्साका पोखरिया, जगरनाथपुर, धोविनी, पकहा मैनपुर, सखुवा प्रसौनी, ठोरी र जिरभवानी गाउँपालिकाले अझै बजेट ल्याउन नसकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । बजेट ल्याउन नसकेको जगरनाथपुर मुख्यमन्त्री लालबाबु राउतको गृहनगर हो ।

    यस्तै, सिरहाका पनि सात वटा पालिकामा बजेट आउन सकेको छैन । सिरहाका कल्याणपुर, मिर्चैया, अर्नामा, औरही, नवराजपुर, बरियारपट्टी र लक्ष्मीपुर गाउँपालिकाले बजेट ल्याउन सकेका छैन ।

    सप्तरीका चारओटा स्थानीय तहले बजेट ल्याउन सकेको छैन । छिन्नमस्ता, राजगढ, महादेवा र सप्तकोशी नगरपालिकाले अहिलेसम्म बजेट ल्याउन नसकेको हो ।

    यस्तै, महोत्तरीको सम्सी र पिपरा गाउँपालिको बजेट आउन सकेको छैन । बाराका पनि तीनओटा पालिकाको बजेट आउन सकेको छैन । जिल्लाका सिम्रौनगढ, आदर्श कोत्वाल र विश्रामपुर गरी बाराका तीनओटा पालिकाले बजेट ल्याउन सकेका छैनन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…