• अर्जुन जम्नेली राई/रातोकलम

    मोरङ । मोरङको पथरी शनिश्चरेमा सोमबादेखि "बंगुर फुटबल म्याच" सुरु भएको छ ।

    पूर्बी मोरङको बेलबारी, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको २४ वटा टिम सहभागी रहेको म्याच बिजेता टिलमालाई ६० किलोको बंगुर, दोस्रो हुनेलाई ३० किलो बैलर कुखुरा पुरस्कार प्रदान हुने आयोजक पथरी बिशाल युथ क्लबका अध्यक्ष शन्तोष गुरुङले बताए ।

    सोमबार(भदौ ५) भएको उद्घाटन खेलमा आयोजक पथरी विशाल युथ क्लबले सुनाखरी फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रबेस गरेको हो । आयोजक टिमको तर्फबाट निर्णायक गोल बिजय लिम्बूले गरेका थिए ।

    दोस्रो खेलमा पथरीकै हाइवेले शिखर चोक फुटबल टिमलाई ३-२ गोल अन्तरले पराजित गर्दै हाइवे प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको आयोजक बिशाल युथ क्लबका सचिव सचिन घलेले बताए ।

    उद्घाटन खेलको बिजेता आयोजक टिमका खेलाडी बिजय लिम्बू र दोस्रो खेलमा हाइवे टिमका बिरेन्द्र लिम्बू म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई विशाल युवा समुहका अध्यक्ष तारा लाओतीको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।

    कोरोना भाइरसको कारण लामो लकडाउन र समाज त्यसमा पनि युवाहरुमा निरासा पैदा हुँदै गएको कारण थोरै भएपनी मनोरन्जन होस भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको पथरी बिशाल युथ क्लबले जनाएको छ ।

    प्रतियोगिताको म्यान अफ दि सिरिज, हाइ स्कोरर, बेष्ट गोल रक्षक लगायतका खेलाडीहरुलाई एक-एक केस अण्डा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…