• पुष्कर खड्का
    १२ मंसिर , रामेछाप ।
    रामेछाप जिल्लामा थप ४ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार रामेछाप जिल्लाबाट विहीबार स्वाब पठाईका मन्थली नगरपालिकाका २९ जना र जिल्ला अस्पतालका दुईजना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनु भयो ।

    स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाका अनुसार कोरोना संक्रमित हुनेहरुमा ३९ वर्षका पुरुष स्वाथ्यकर्मी, नेपाल बिद्युत प्राधिकरण मन्थलीमा कार्यरत २४ वर्षका पुरुष कर्मचारी ,नेपाल टेलिकममा कार्यरत ४९ वर्षका पुरुष कर्मचारी र मन्थली नगरपालिका वडा नं १३ की ४९ वर्षीया महिला शिक्षकमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको बताउनु भयो । यो संगै जिल्लामै स्वाब संकलन गरि पठाइएकामा कोरोना संक्रमण हुनेको संख्या १९४ पुगेको छ । हालसम्म १८७ जना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेर घर फर्किएका छन् ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …