• मोरङ । कृषि सहकारी र प्राकृतिक श्रोत समिति, सदस्यसमेत रहेका संघीय सांसद घनश्याम खतिवडाले पारिवारिक निजी वन किसान मुखी कानुन बन्ने बताएका छन् ।

    बिहिबार मोरङको कानेपोखरीमा पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा सांसद खतिवडाले सो कुरा बताएका हुन् ।

    परिवारिक निजी बन किसान मुखी बनाउन आफूहरु लागि परेको बताए । वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख काट्ने काम राष्ट्रिय हित विपरीत रहेको उनको भनाइ थियो ।

    पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय समितिको टोली बिहिबार निजी वन भ्रमणको क्रममा मोरङ कानेपोखरी आइपुगेको हो । स्थानीय तहमा वन कानून निर्माण गर्दा परिवारिक निजी वनलाई किसान मुखी बनाउन उत्प्रेरित गर्ने उदेश्यले जनप्रतिनिधि हरुवीच छलफल आयोजना भएको थियो ।

    कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफलेले स्वागत गरेका थिए । स्वागत गर्ने क्रममा कानेपोखरीमा परिवारिक वन किसान मुखी बनाउने आस्वासन दिएका छन् ।

    कार्यक्रम सञ्चालनको क्रममा संघका के्रन्द्रीय सचिव नवीन पौडेलले पारिवारिक निजी वनलाई तस्करहरुको चंगुलवाट हटाउन किसान मुखी ऐन कानुन निर्माण हुनुपर्ने बताए ।

    उनले स्थानीय तहवाटै निजी वन दर्ता, कटान र विक्री वितरण सहज पाउनु पर्ने बताए । संघले धान, कोदो, कमै लगायतका बाली जस्तै निजी जग्गामा वन लगाउन कटान र बिक्री वितरण सहजहुने कानून निर्माण हुनुपर्ने माग राख्दै आएको छ । निजी वनमा वीमाको सुविधा, बैंक धितो राख्न मिल्ने सुविधा राज्यतहवाटै उपलब्ध भए वन बिकासको साथै किसानहरुले सहज महशुस गर्ने बताए ।

    पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय उपाध्यक्ष लक्ष्मण पाठकको सभापतित्वमा भएको कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, कानेपोखरी गाउँपालिका उपप्रमुख राजमति इङ्नाम, २, ६ र ७ नम्बर वडा अध्यक्षहरु क्रमस शुसिल बुढाथोकी, खड्ग बस्नेत र मोहनप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…