• अर्जुन जम्नेली राई

    मोरङ । प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति बिद्यादेबि भण्डारीले संसद विघटन गरेको बिरिद्दमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय लिम्बुवान मन्चले सडक संघर्ष गर्ने जनाएको छ ।

    लिम्बुवान आन्दोलनको नेतृत्व गर्दै आएका कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले आइतबार बिज्ञप्ति प्रकाशन गरि संसद विघटनको भ्रत्सना गरेको छ ।

    "यो कदम संबिधान बिपरित ,अलोकतान्त्रिक र प्रतिगमनकारी छ, घोर बिरोध ,असहमति र भर्त्सना गर्दछौ ।" बिज्ञप्तिमा भनिएको छ "यसले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाललाइ प्रतिगमनमा पुर्याउनेछ |"

    नेकपा भित्रको आन्तरिक कलह थेग्न नसकेर
    देश र जनताको शिरमा थोपरिदिने प्रचलनको अन्त्य गर्नु पर्ने मन्चले उल्लेख गरेको छ ।

    २०५१ सालमा नेपाली कांग्रेसबाट निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यसैगरी आन्तरिक कलहकै कारण मध्यावधि चुनाबमा लगेको प्रसंग उल्लेख गर्दै ठूला भनिएका पार्टी हरुलेनै देशमा अस्तिरता निम्त्याउदै आएको उल्लेख गरेको छ ।

    अस्थिरताको अन्त्य गर्ने भन्दै उदाउदो पार्टीहरु संसदमा छिर्न नसकोस भनेर ३ प्रतिशत थ्रेसहोल्ड राखिएको भएपनी "कथित" ठुलो पार्टीहरुले अस्थिरता निम्त्याउनदै आएको प्रष्ट भएको कारण थ्रेसहोल्ड हटाउनु पर्ने माग समेत राकेको छ ।

    प्रधानमन्त्रिलाई काम गर्न दिने नाममा दुइ बर्ष सम्म अबिश्वासको प्रस्ताब ल्याउन नपाइने संबैधानिक प्राबधान त्रुटिपूर्ण भएकोले सच्याउनु पर्ने बिज्ञप्तिमा उल्लेख छ ।

    पार्टी भित्रको कलहलाई देशको काधमा थोपर्ने प्रधानमन्त्रीहरुलाई हदै सम्मको कार्बाही गर्न माग राख्दै सडक संघर्षमा उत्रिन
    संघीय लोकतान्त्रिक रास्ट्रिय मंचले आफ्ना नेता कार्यकर्ता र मंच सम्बद्द सबै प्रान्तीय मंचहरुलाई सडक आन्दोलनमा उत्रिन निर्देशन दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…