• देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौँबाट एउटा पर्यटक बस शुरु गरेको हो ।

        दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले पर्यटक बस सेवा उद्घाटन गर्नुभयो । नेपालका मुख्य शहरहरुमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकामा सो संस्थाले दशौँ गन्तव्यअन्तर्गत दिक्तेल–हलेसी–काठमाडौँ पर्यटक बस सञ्चालन शुरु गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताउनुभयो । 

        सो बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालीम प्राप्त जनशक्ति रहेका छन् । प्रतिव्यक्ति रु एक हजार ५०० भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ । यसअघि सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौँ माइक्रो भ्यान सेवा शुरु गरेको थियो 

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग…

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ…

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …