• अर्जुन जम्नेली राई

    काठमाडौं । आदिम किरात सभ्यताको  उद्गम स्थलको रूपमा रहेको खोटाङ्ग हलेसी तुवाचुङ्ग नगरपालिका —७  स्थित तुवाचुङ्ग जायाजुम डाँडामा रहेको रैछाकुलेको प्रतिमा सिमेन्टको मात्र बढी र निर्माणको बेला पानी नपुगेकोले आफै उकिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । 

    तुवाचुङ्ग जायाजुममा किरात आदिम पूर्खा माइति रैछाकुले र चेली तयामा, खियामाको प्रतिपूर्ति करिब तीन बर्ष अघि राखिएको थियो । 
    केही हप्ता अघि रैछाकुलेको मूर्तिमा आक्रमण गरी तोडफोड भएको भन्दै सामाजिक सञ्चालमा चर्को विरोध भएको थियो । 

    सो बिषयमा राई इज किङ्ग उपनामले परिचित नेपाली भाषाको विश्व चर्चित गायक राजेशपायल राईले समेतसो कार्यको विरोधमा कडा प्रतिक्रिया दिएका थिए । 
    किरात राई समुदायको अस्थाको केन्द्रमा प्रहार भएको भन्दै चर्को विरोध शुरु भएपछि किरात राई यायोक्खा केन्द्रीय समितिले 
    केन्द्रीय सदस्य युवराज राईको सयोजकत्वमा केन्द्रीय सदसयहरु सर्वधन राई, बिर्सिका राई, अञ्जना राई, खोटाङ जिल्ला अध्यक्ष हातिराम राई, सदस्यहरु चक्रबहादुर राई र तम्बर बहादुर राई सदस्य रहेको छानविन समिति गठन गरेको थियो । 

    समितिको संयोजक र रैछाकुलेको मूर्ति ब्यवस्थापन समितिको संयोजक ज्ञानबहादुर राई लगायतको टोली छानबिनको लागि खोटाङ हलेसी तुवाचुङ्ग पुगेका थिए । समितिको संयोजक युवराज राई, सदस्य सर्बधन राई, बिर्सिका राई आइतबार यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वर पुगेर अध्यक्ष दिवस राई, महासचिव जनक राईलाई छानविन प्रतिवेदन बुझाएको हो । 

    छानबिन समितिले रैछाकुलेको आधरस्तम्भको दोस्रो तहको पूर्बि तर्फको प्रतिमाको पछाडीपट्टिको केहि भाग चोइटिएर झरेको र सो स्थानको छेउमा हातले छुँदा अन्य भागहरु पनि हल्लिने र झर्न सक्ने अबस्थामा रहेकोले प्रतिवेदनमा उल्लेख छ । मूर्तिमा नभएर मूर्ति राख्ने स्तम्भको बाहिरी भागबाट सिमेन्ट बालुवा झरेको हो । 

    मूर्ति निर्माणको समयमा प्राविधिकरुपमा कलात्मकरुप दिँदा सिमेन्टको मात्रा बढी प्रयोग भएको र सो भागमा पानि लगाउने कार्य कम भएकोले कमजोर भएको प्रतिवेदनमा उल्लेख छ ।  

    तायाचुङ्ग जायजुमको नाममा २५८ रोपनी जग्गा रहेको छ । सो स्थानलाई पर्यटकीय र ऐतिहासिक बनाउन आदिम पुर्खाहरुको तीन वटा मूर्ति राखेर २०७४ साल मंसिर २ गते उद्घाटन भएको थियो । प्रतिबेदन बुझदै यायोक्खा केन्द्रीय अध्यक्ष दिबस राईले किरातीहरुको उद्गम भूमिलाई थप ब्याबस्थित गर्न लागि पर्नुपर्ने बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…