• लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उपभोक्ता तथा गैर उपभोक्तालाई फर्निचरको सामाग्री बितरण गरेको छ। साउन २ गते आफ्नै सामुदायिक वनको सभाहलमा एक कार्यक्रम गरि बिपन्न १८ घरधुरी परिवारलाई लक्षित गरि खाट तथा ब्रेन्च बितरण गरेको छ।

    सामुदायिक वन समुदायकै हो भन्ने महसुस गराउन यस्तो कार्यक्रम ल्याएको जनचाहना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खगेन्द्र नेपालले बताएका छन।”उनका अनुसार वनलाई समुदाय मैत्री बनाउन बिपन्न परिवारलाई वन सङ जोड्ने पहिलो प्रयास रहेको छ।” हामी यस्ता कार्यक्रमलाई अझ बडवा दिदै समुदायमा जाने छौ। र उपभोक्ताको हितलाई प्रथामिक्तामा राख्ने छौ। “उनले भने”।

    बुधबार एक कार्यक्रमका बिच उपभोक्ताको हितलाई मध्य नजर गर्दै बिपन्न परीवार सहित एक दृस्ठि बिहिन परिवारलाई सुत्ने खाट प्रदान गरेको छ । यस्तै युवा पुस्तालाई कुलतमा फस्नबाट जोगाउन खेलकुद सामाग्री १ थान फुटबल समेत समारोहका बिच बितरण गरेको हो।वनले निशुल्क सामाग्री बितरण गर्दा उपभोक्ताहरु समेत खुसी भएका छन। घरमा खाट नहुदा सुत्न बस्न समेत अप्ठ्यारो परेको थियो सामुदायिक वनले निशुल्क खाट प्रदान गरेको छ। हामी अत्यान्तै खुसी छौ एक उपभोक्ताले भने।

    सामुदायिक वनले बिपन्न उपभोक्ताका अलवा मुनाफा रहित संघ सस्थालाई पनि फर्निचरको सामाग्री बितरण गरेको छ।आधारभुत स्वास्थ्य चौकि लेटाङ्ग-२ लाई औसधि राख्ने र्‍याक-१ थान र १ थान ब्रेन्च बितरण गरेको छ। लक्ष्मी माबी लेटाङ्ग-२ लाई हेल्प डेस्क-२ थान, नगर अस्पताल लेटाङ्ग-३ लाई टेबुल-१ थान र ब्रेन्च-२ थान, नागेस्वर सिबालय मन्दीर लेटाङ्-२ लाई दराज -१ थान टेबुल-१ थान र बुधबारे प्रहरी चौकीलाइ-१ थान खाट हस्तान्तरण गरेको हो।

    यस्तै गत आर्थिक बर्ष र यसबर्ष सामुदायिक  वन समुहकै पहलमा समाधी स्थलमा उपभोक्ताको मृतक आफन्तको आत्म शान्तिको कामना गर्दै करिब २१०० रिरुवा रोपिएको छ। भने उपभोक्ताहरुको माग अनुसार विभिन्न प्रजातिका बिरुवाहरु उपलब्ध गराएको अध्यक्ष नेपालले जानकारी दिएका छ्न। यसैगरी आफु वनको नेतृत्वमा आएपछि उपभोक्ताहरु मध्ये कसैको मृत्यु भए निशुल्क दाउरा र राहत कोषबाट नगद रु.३००० सहित समबेदना पत्र दिने निर्णय गरेको बताए।

    मोरङ जिल्ला बन डिभिजनका प्रमुख (डेफु) बिष्णु लाल घिमिरे विशिष्ट अतिथि र सामुदायिक बन महासघ प्रदेशका सदस्य अग्नि पौड्याल प्रमुख अतिथि रहेको सो कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामुदायिक बनका प्रतिनिधि, समाजसेवी तथा बिध्यालयका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…