• -कृष्णउदाशी, उर्लाबारी
    महाभारतमा एकपल्ट दुर्योधनले द्रोणाचार्यसँग गुनासो गर्दै भनेका छन् “गुरुदेव तपाईले हामीमाथि अन्याय गर्नु भएको छ, अर्जुन र हामी तपाईका उस्तै शिष्य भएपनि किन हामीलाई भन्दा अर्जुनलाई धेरै शिक्षा दिनु भयो ?” दुर्योधनका कुरा सुनेर द्रोणाचार्यले भनेका छन् “शिष्य दुर्योधन, म तिमीहरूको गुरु हुँ र म कहिल्यै पनि भेदभाव गर्दिनँ, मैले तिमीहरूलाई बराबर शिक्षा दिएको हुँ तर तिमीहरू मैले दिएकोमै पूर्ण ठानेर सन्तुष्ट भयौ तर अर्जुन मैले दिएको मात्रले सन्तोश नभएनन् र आफ्नो स्व अध्ययन र कठिन परिश्रम गरेर अहिले मभन्दा पनि शक्तिशाली भएका छन् ।” यो बेला नेपाली गीत संगीतमा नयाँ पुस्ताका अर्जुन हुन निशान भट्टराई । उनी आफ्नो विधामा छायाँलाई हेरेर वास्तविक वस्तुलाई निशाना लगाउन सक्छन् ।

    नेपालमा यतिवेला नेपाल आइडल सबभन्दा तातो विषय बनेको छ । फ्रेन्च्वाइज आइडलले सन २००१ मा बेलायतको पपआइडल छाननका लागि सुरु गरेको यो आइडल यतिबेला नेपालको पहिलो एच.डी. च्यानल एपी वान टेलिभिजनले नेपाली संस्कारण प्रसारण गरिरहेको छ । नेपाल आइडलको अडिसन २०७३ माघ पहिलो साताबाट नेपालका मुख्य सात शहरबाट लिएको थियो । त्यसमा लगभग पच्चिसहजार भन्दा बढी कलाकार सहभागी भएका थिए । ती मध्ये काठमाण्डौबाट अडिसन दिएका उर्लाबारी मोरङका निशान भट्टराईले अडिसन राउण्डबाट नै निर्णायक र दर्शकको मनमा गहिरो प्रभाव छाडेका थिए । त्यसपछि प्रतिस्पर्धाका जतिवटा चरणमा उनले प्रस्तुति दिए सबैमा सशक्त र सतप्रतिशत उत्कृष्ठ प्रस्तुति दिएका छन् ।
    अब उनका बारेमा यति कुरा उठान गरिसकेपछि अरु कुरा उठ्न सक्छन उनी को हुन् र किन यति राम्रो गाउँछन् ? उनको बारेमा थोरै बोल्नुपर्दा उनका बुबाको ठेगाना ताप्लेजुङ हो । २०४५ सालमा उनका बुवा उर्लाबारी आए र सानोतिनो व्यापार गर्न थाले । उनका बुवा नित्यानन्द भट्टराईको विवाह २०४७ सालमा गछिया मोरङकी रेनुका दाहालसँग भयो । त्यसपछि २०४८ सालमा यी दम्पतिको पहिलो सन्तान जन्मियो, उनको नाम हो मिसन भट्टराई । त्यसपछि २०५३ सालमा अर्काे सन्तान जन्मियो उनको नाम राखियो निशान भट्टराई । तर निशान भट्टराईका बुवा नित्यानन्द भट्टराई आफ्नो पूख्र्याैली अंश माग्न भनेर ताप्लेजुङको हाङदेवा गएनन् । गए त आफन्त भेटघाटमा मात्रै । त्यसैले पनि होला निशानका परिवारको आधा ठेगाना ताप्लेजुङ पनि हो ।

    निशान भट्टराई बोलि फुटेर आवाज प्रष्ट भएदेखि नै गीत गाउन थालेका हुन् । नेपालमा सञ्चार माध्यमहरूको विकास भएको खासै धेरै भएको छैन । उनको बाल्यकालमा जम्माजम्मी एउटा रेडियो नेपाल थियो र अर्काे कान्तिपुर एफएम थियो । सादा नोकिया मोबाइलहरूको सुरुवात हुन थाल्दै थियो । बजारमा रिलवाला वाकमेन पाइन्थ्यो । उनले त्यो बेलामा गीतहरू रेडियो मै सुने । उनलाई प्रकृतिले दिएको सबभन्दा ठूलो वरदान भनेकै गीत सुनेपछि त्यसको लय र शब्द कण्ठस्त हुनु हो । उनी रेडियोमा सुनेका गीतहरू दुरुस्त गाउन सक्थे । अचम्म त के छ भने उनी त्यो उमेरमै पनि रेडियोमा सुनेका गीतहरू जस्ताको त्यस्तै उही टाइमिङ र स्केलमा गाउन सक्थे । यसको प्रमाण उनी ६ वर्षको हुँदा “शैयाँ रे....” बोलको हिन्दी गीत गाएका छन् । युट्युबमा प्रसस्तै पाइने त्यो भिडियो हेरे हुन्छ । त्यो गीतका वास्तविक गायक भारतीय गीतसंगीतका हस्ती कैलाश खेर हुन् । उनको वालसुलभ आवाजमा त्यो गीत पत्यार नै नलाग्दो मिठो सुनिएको छ ।
    उनलाई प्रकृतिले जुन आवाज दिएको छ त्यो आवाज उनी बोल्न थालेर यो उमेरसम्म कुनैपनि अवस्थामा गला बसेको उनका बुबाआमालाई थाहा छैन । यसरी हेर्दा उनलाई गीत गाउनकै लागि प्रकृतिले जन्म दिएको हो ।

    उनको परिवार सामान्य परिवार हो । उनको परिवारमा मेलापातमा गीता गाउने भन्दा ठुला गायकगायिका कोही पनि थिएनन् । तर उनको जन्मजातको यस्तो प्रतिभा देखेर उनका बुबा नित्यानन्द भट्टराईले उनलाई हारमुनियम, तवाला लगायतका वाध्यवादन ल्याइदिनुभएको थियो । विद्यालय जान थाल्ने बितिकै उनको प्रतिभना देखेर विद्यालयले संगीत शिक्षकको व्यवस्था गरिदिएको थियो उनका पहिलो संगीत गुरु विशाल राई हुनुहुन । त्यसपछि संगीतको थप अध्ययनका लागि उनी बिहानी कलाकैन्द्र पुगे । त्यसपछि गुरुहरू कमला खनाल र यशोदा शाक्यको राम्रो मार्ग निर्देशन पाए । यस सँगै सम्झिनुपर्ने कुरा बिहानी कलाकेन्द्र उर्लाबारीले नेपाली गीत संगीतका लागि सशक्त हस्तीहरू थुप्रै उत्पादन गरिसकेको छ ।

    https://www.youtube.com/watch?v=sDv_1GsLF1I&feature=share

    नेपाल आइडलको मञ्चमा “नेपालका शान निशान” उपाधी पाइसकेका उनको गीत संगीत प्रतिको मोह हेर्दा लाग्छ उनको शरीरमा पुरै गीत संगीत घोलिएको छ । उनले अत्यन्तै कठिन संगीत संम्रचनामा बनेका कालजयी गीतहरूका साना साना खुड्काहरू, वेभहरू महशुस गर्न र त्यसलाई अझ कलात्मक प्रस्तुत गर्न सक्छन्, त्यस्तो क्षमता सामान्य मानिसको बस बाहिराको कुरा हो । यही क्षमतालाई हेरेर यो भन्दा सात वर्ष पहिला नै गायिक ज्ञानु राणाले भन्नु भएको छ “तिमीलाई गीत गाउनकै लागि भगवानले यो धर्तीमा पठाएको हो ।” २०७३ साल पुसमा भएको नारायण गोपाल सांगीतिक साँझमा यी सब कुराहरू प्रमाणित गरिसकेका छन् उनले । हाल बिगत २ वर्षदेखि उनलाई संगीत सिकाइरहेका उनका गुरु, मुर्छना संगीत विद्यालयका निर्देशक मनोजराज शिवाले “पछिल्ला समय भेटिएका प्रतिभाहरूमध्येमा निशान हिरा नै हो” भनका छन् । त्यस्तै नेपाली संगीतका अर्का हस्ती कर्म ग्याल्चनले “जाती, धर्म र क्षेत्रभन्दा माथि उठेर गीत संगीतलाई माया गर्ने हो भने सबै नेपालीले भोट गरेर निशान भट्टराईलाई नेपाल आइडल बनाउनु पर्छ किन भने नेपाल आइडल एउटा उपाधी हो र त्यसको मान राख्न सक्ने क्षमता निशान भट्टराईमा मात्र छ ।” भनेका छन् । अर्काका प्रभावशाली संगीतकार गौरभ दर्पणले “कलाको क्षेत्रबाट निशानले नेपाल आइडल जितिसक्यो, अब उपाधी दिन मात्र बाँकी छ” भनेका छन् ।
    प्राय अग्रज गीतकार, संगीतकार, गायक, गीतसंगीतलाई माया गर्ने, वौद्धिक व्यक्तित्वहरूको एकमत के छ भने निशान भट्टराई प्राकृतिक गुण र सिकाइलब्धीका हिसाबले गीत संगीतको एउटा सिंगो अध्याय बनेका छन् । जुनसुकै जर्नलका गीत पनि उनी उत्तिकप्रभावमा गाउन सक्छन्

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…