• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्रशिक्षण कार्यक्रम समापन भएको छ । 
    किरात राई समुदायको सांस्कृतिक नाच साकेला प्रशिक्षण कार्यक्रम शनिबार समापन भएको हो । वडा कार्यालयको आर्थिक व्यवस्थापनमा एक महिनासम्म करिव ३० जना किशोर किशोरीहरुलाई निशुल्क रुपमा तालिम दिइएको वडा अध्यक्ष नवीनजङ्ग कार्कीले बताए । 
    समापन कार्यक्रममा वडा अध्यक्ष कार्कीले राई समुदायको सास्कृतिक नृत्य नयाँ पुस्तालाई सकाउने, यसको संरक्षण र बिकासको लागि प्रशिक्षण गरिएको अध्यक्ष कार्कीले बताए । 
    कार्यक्रममा उपस्थित सञ्चारकर्मी अर्जुन जम्नेली राईले साकेला किराती सभ्यतासँग जोडिएको बताए । साकेला नाच्नुको साथै यसको उत्पति र इतिहासको बारे समेत नयाँ पुस्ताले ज्ञान राख्नुपर्ने राईले बताए । 
    कार्यक्रममा साकेला प्रशिक्षक पर्वत राई, सहभागीहरुले समेत अनुभव राखिएको कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बू, शान्ता योङ्हाङ, लगायतको उपस्थिति रहेको थियो । 
    “वडा नम्बर आठको आकृती, जोगाऔं हाम्रो सस्कृती“ भन्ने नारा राखेको पथरीशनिश्चरे नगरको ८ नं. वडा कार्यालयले यस अघि लिम्बू समुदायको च्याबु्रङ नाच, थारु जातिको पोषाक वितरण गरेको थियो । आगामी बर्षहरुम्ँ नेपाली मौलिक नौमती बाजा संरक्षण गर्न बाजा प्रशिक्षण र मगर जातिको हुर्रा नाच गराउने योजना रहेको वडा अध्यक्ष कार्कीले बताएका छन । वडामा लिम्बू भाषा पठनपाठन तथा किरात सिरिजंगा लिपी समेत पठनपाठन भइरहेको छ ।
     

सम्वन्धित समाचार

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…

आजमिति २०८० साल माघ १९ गते तदअनुसार २ फरवरी सन् २०२४ शुक्रबार, अभिजित् मुहूर्तस् बिहान ११ः५५देखि १२…