• मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि भएका छन ।
    मोरङको बेलबारी भाउन्ने स्थित तिमिल्सिना समाज मोरङ जिल्ला कार्यालयमा तिमिल्सिना समाज प्रदेश समितिले शनिबार तिम्सिनालाई सम्मान गरेको हो ।
    तिमिल्सिना समाजका केन्द्रीय अध्यक्ष दीपक तिम्सिनाले खोजकर्ता लेखक तिम्सिनालाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए । तिमिल्सिना वंशको कुल प्रतिष्ठालाई उच्च राख्न अमुल्य योगदान गरेकोले स्रष्टा खोजकर्ता तिम्सिनालाई सम्मान गरेको तिमिल्सिना समाज प्रदेशका अध्यक्ष हरी तिम्सिनाले बताए । 
    तिम्सिनाले खोज, अनुसन्धान गरि हालै देशभरिका तिमिल्सिनाको इतिहास सहितको खोजमुलक पुस्तक “तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म’’ पुस्तक प्रकाशन गरेका  छन् ।  तिमिल्सिनाको कुल वंशमा जन्मेर हालसम्म खोजमुलक ११ वटा पुस्तक प्रकाशन गर्ने अत्यन्त मेहेनति तिम्सिनालाई सम्मान गर्न पाउँदा खुसि लागेको तिमिल्सिना समाज केन्द्रीय समितिका पुर्व अध्यक्ष हालका संरक्षक नवराज तिमिल्सिनाले बताए । 
    तिमिल्सिना को केन्द्रीय वंशावली प्रकाशनको सन्दर्भमा आयोजित प्रदेश स्तरीय छलफल तथा छात्र छात्रालाई छात्रवृत्ति वितरण कार्यक्रम वितरणसमेत गरिएको थियो । पल्पसा तिम्सिना उदयपुर, दीक्षा तिम्सिना पाँचथर, करुणा तिम्सिना झापा, बिमला तिम्सिना मोरङ, सिम्रिका तिम्सिना भोजपुर, कविता तिम्सिना तेह्रथुम, रिना तिम्सिना सुनसरी, आयुसा तिम्सिना धनकुटा र रिवेक तिम्सिना खोटाङलाई केन्द्रबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको थियोे ।


     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

 धरानबाट घोरेटार  जादै  गरेको बाेलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको…