• कास्कीको माछापुच्छ्र«े गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । 
        
    उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाको भवनमा उक्त तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो । “गाउँपालिकाका महिलालाई सवल र सक्षम बनाउन हामीले उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम सञ्चालन गरेका छौँ, यसैअन्तर्गत अहिले निजामती क्षेत्रमा महिला सहभागिता बढाउन लोकसेवा तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरेका हौँ”, दवाडीले भन्नुभयो । 

    दवाडीका अनुसार लोकसेवा तयारीका लागि रु तीन लाख बजेट छुट्याइएको छ । यसको साथै गाउँपालिकाका नौ वटा वडामा कोभिड– १९ बाट प्रभावित महिला तथा बालबालिकालाई राहत कार्यक्रम र सीपमूलक तालीम पनि सञ्चालनको योजना रहेको उहाँले जानकारी दिनुभयो । महिला तथा बालबालिकाका लागि रु २४ लाख बजेटबाट कार्यक्रम गरिरहेको र प्रत्येक वडाका लागि रु एक÷एक लाख बजेट छुट्याइएको उहाँले बताउनुभयो । 

    गाउँपालिकाका महिला तथा बालबालिका समाजकल्याण शाखा प्रमुख रिता थापाले १८ वर्षमाथि ३६ वर्षसम्मका ३५ महिलाको सक्रिय सहभागिता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार गत माघ २४ गतेदेखि निरन्तर बिहान ८ः०० देखि १०ः०० बजेसम्म र बिदाको दिन १०ः०० देखि ४ः०० बजेसम्म कक्षा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा र खरिदार तहका लागि सञ्चालित तयारी कक्षामा प्रथमपत्र र द्वितीयपत्रकै कोर्षको पढाइ सञ्चालन गरिएको छ । 

    उक्त गाउँपालिका वडा न ४ कि ३४ वर्षीय गीता कुँवरले तयारी कक्षाले परीक्षाका लागि आत्मविश्वास बढेको बताउनुभयो । “मलाई पहिलेदेखि लोकसेवाको परीक्षा दिन मन थियो तर खासै अनुभव थिएन, अहिले आफ्नै गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेपछि पढ्ने उत्साह मिलेको छ ।” कुँवरले नासु र खरिदार दुवैका लागि परीक्षा दिने तयारी गरेको बताउनुभयो । अधिकांश विवाहित महिलाको सहभागिता रहेको तयारी कक्षामा अध्ययन सामग्री र पुस्तक पनि गाउँपालिकाले उपलब्ध गराएको छ । (तस्बिर उपलब्ध छ)

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…