सन्तोष कार्की मौसुफ
कहिले सोचेकी पनि थिइन
चक डस्टर छोडेर
अनलाइन क्लास पढाउछु
उनिहरु हसिलो बच्चाहरु बाट
यति टाढा हुन्छु भनेर
कहिले सोचेकी पनि थिइन
अनलाइन पढाउछु भनेर ।
म हरेक दिन अनलाइन लाइभ कक्षा लिन्छु
तर पढाउनलाई मज्जा नै कहाँ हुन्छ र
न नै यसरी पढाउदा सन्तुष्टि मिल्छ
जुन मोबाइल फ़ोनबाट टाढै बस्नको लागि अक्सर कुरा गरिरहन्थे म ,
आज उसै मोबाइलको अगाडि बस्नको लागि सम्झाई रहेकी छु,
कहिले सोचेकी पनि थिइन
अनलाइन पढाउछु ।
लकडाउनमा त्यतिकै घर बस्दा आलास्य लाग्छ
कहिलेकाही स्कुल जाने गरेकी छु
तर त्यो स्कुल , स्कुल रहेन
विद्यार्थी बिनाको निर्माण भवन देखिन्छ
घमाइलो बैन्चहरु, खाली स्कुलको ग्राउण्ड
सुनसान आगन , वरिपरि सुनसान
यस्तो हालतमा पनि कहिलेकाही स्कुल आउछु
अनि म मास्क लगाएर पढाउछु
कहिले सोचेकी पनि थिइन
म अनलाइन पढाउछु ।
जिज्ञासु बच्चाहरुले आज पनि प्रश्न गर्छन्
तर जसलाई म केहि कुरा सोध्छु
उ नेटवर्कको समस्या भनेर कक्षा छोड्छ
तिनिहरुलाई गाली नगरिकन
म आफुले आफैलाई सम्झाउछु
कहिले सोचेकी पनि थिइन
अनलाइन कक्षा पढाउछु ।
अक्सर टाउको बिस्तार बिस्तारै दु:खी रहन्छ
मन पनि बिचलित हुन्छ
कहिले भिडियो बनाउछु
कहिलेकाही म गुगल टेस्ट गर्छु
अझै पनि शिक्षण सिकाइ अधुरो छ जस्तो लाग्छ
आफुले आफैलाई यति आत्मविश्वासी पाउने छु ।
कहिले सोचेकी पनि थिइन
अनलाइन पढाउछु
उनीहरु हाँस्ने खेल्ने बच्चाहरु देखि यति टाढा जान्छु भनेर
कहिले सोचेकी पनि थिइन
अनलाइन पढाउछु भनेर ।।
सम्पुर्ण शिक्षक शिक्षिका प्रति समर्पित पोस्ट 🙏
********
साथिहरु आजको (शिक्षक प्रति समर्पित) पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।