• काठमाडौं, ११ फागुन । नेपाल टेलिकम र एनसेलबीचको प्रतिस्पर्धा राम्रै चलेको छ । तर नेपाल टेलिकमले भन्दा कम कर किन एनसेलले तिर्छ ?

    प्रचारमा एनसेलले नेपाल टेलिकमको भन्दा बढी सिमकार्ड बेचेको छ, बढी आम्दानी गरेको पनि दावी गर्छ र उसैले नेपालमा कमाउँदै विदेशमा डलर लैजाने सुविधा पनि पाएको छ ।

    अदालतले समेत उसैको पक्षमा निर्णय गरिदिएको छ तर कर एनसेलले कम तिर्छ, जुन अनुसन्धानको विषय हुनुपर्ने हो, भएको छैन ।

    केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ७९ लाख ८० हजार छ । वैदेशिक रोजगारी, पढ्न र अन्य काममा ६० लाख गएका छन् ।

    २० लाख त रोजगारीका लागि भारतमै गएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको रेकर्डमा ३ करोड ६० लाख सिमकार्ड बेचिएको देखिन्छ ।

    जनसंख्याभन्दा बढी सिमकार्ड बेचिनु तर कर कम तिरिनु र निजी कम्पनीले बढी कमाएर कम कर तिर्नु, सिआईवीको ध्यान यता किन नगएको होला ?

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…