• बर्दियाको बाँसगढीस्थित एसओएस स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क बालरोग शिविर सञ्चालन गरिएको छ । सो केन्द्र, लायन्स क्लब अफ नेपालगञ्ज सेन्टर र अलस्का रामारोशन मेडिकल हल नेपालगञ्जले संयुक्तरुपमा  शिविर आयोजना गरेका हुन् । 

    भेरी अस्पतालका बालरोग विशेषज्ञ डा विष्णुबहादुर थापाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । शिविरमा  ६८ बालबालिका लाभान्वित भएका एसओएस प्रमुख शिव चौधरीले जानकारी दिनुभयो । 
     
    बाँसगढी नगरपालिकाका वडा नं २, ३, ४, ५, ६ का र बढैयाताल गाउँपालिका वडा नं ४ र ५ का विपन्न परिवारले पनि शिविरबाट स्वास्थ्य सुविधा लिएका थिए  । शिविरमा प्रयोगशाला परीक्षणका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।
     
    एसओएस युवालय नेपालगञ्जका प्रमुख तुलाराम विश्वासले सन २०२१ भित्र सहयोगी संस्थासँगको सहकार्यमा १० निःशुल्क शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । 

    नेपालगञ्ज–पोखरा विमान सेवा उडान शुरु

    सीता एयरले शुक्रबारदेखि नेपालगञ्ज–पोखरा विमान सेवा शुरुआत गरेको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीताले  उडान सेवा शुरु गरेको हो । 

    बाँके र बर्दियाका पर्यटन व्यवसायीको नेतृत्व गर्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणासहितको टोली नेपालगञ्ज विमानस्थलबाट पोखरा उडेको थियो । पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर विसीले  स्वागत गर्नुभएको थियो  ।

    पोखराबाट पनि शुक्रबार नाट्टाको १७  पर्यटन व्यवसायी बाँके र बर्दियाका पर्यटकीय गन्तव्यको अवलोकन गर्न आएका छन् । पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …