• ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालनमा ल्याएको छ । अध्यक्ष आकस्मिक उपचार कोषमार्फत गाउँपालिकाभित्रका नागरिकलाई सरकारले निःशुल्क गरेबाहेक घातक रोग उपचारका लागि बढीमा रु ५० हजारसम्म सहयोग गरिने भएको छ ।

    गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष कार्यान्वयन विनियम जारी गर्दै मान्यता प्राप्त स्वास्थ्य संस्थाको प्रमाणित बिल र रोगको प्रकृतिका आधारमा भुक्तानी दिने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद गुरुङले बताउनुभयो ।

    गाउँपालिकाले बढीमा रु २० लाखसम्मको अध्यक्ष आकस्मिक उपचार कोष खडा गर्ने भएको हो । उपचार कोषको रकम एक आर्थिक वर्षमा खर्च नभए आफ्नो क्षेत्रभित्रको भौतिक संरचना पुनःनिर्माण तथा मर्मतका लागि खर्च गर्ने गाउँपालिकाले जनाएको छ ।

    प्रत्येक आवमा अध्यक्ष आकस्मिक उपचार कोषका लागि गाउँपालिकाले कम्तीमा रु २० लाखसम्मको रकम विनियोजन गर्नुपर्ने विनियममा उल्लेख गरिएको छ । स्थानीय सरकारका तर्फबाट गाउँपालिकाभित्रका नागरिकका लागि यो ठूलो सहयोगका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयो ।
     

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …