•  

    काठमाडौं । मोरङ जिल्लाको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । हत्या भएको रात प्रविन सुतेका घरधनी रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।

    उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतवार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले लोकपथलाई बताए ।

    त्यस्तै जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको एसपी खड्काले जानकारी दिए ।

    हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । उनीहरु उपर पक्राउ पुर्जी जारी भइसकेको छ । उनले बताए ।

    गत पुस ४ गते मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन बिहान अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । मोरङकै गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…