•  

    काठमाडौं । मोरङ जिल्लाको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । हत्या भएको रात प्रविन सुतेका घरधनी रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।

    उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतवार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले लोकपथलाई बताए ।

    त्यस्तै जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको एसपी खड्काले जानकारी दिए ।

    हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । उनीहरु उपर पक्राउ पुर्जी जारी भइसकेको छ । उनले बताए ।

    गत पुस ४ गते मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन बिहान अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । मोरङकै गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सम्वन्धित समाचार

मोरङ । बिद्यालयमा बालिकाहरुमाथि हुनसक्ने ब्याड टच, निशुल्क सेनिटरी प्याडको सुबिधा र प्रयोग सम्बन्धि मोरङको …

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–…

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार …

भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथ…