मोरङ / मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोला मृत्यु प्रकरणको अनुसन्धान फाइलमा मृतकको भनेर फरक व्यक्तिको फोटो राखिएको पुष्टि भएको छ।
मृतक भनेर फरक व्यक्तिको फोटो राखिएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। समितिले सोमबार प्रतिवेदन बुझाएको छ।
छानबिनका क्रममा मृतकका तीन वटा फोटामध्ये एउटा फोटो अर्कै भएको पाइएको जानइएको छ । खराब नियतले भन्दा पनि एउटा फोटो भुलवश पर्न गएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले बताएको समितिको प्रतिवेदनमा उल्लेख छ।तस्बीर फरक परे पनि मृतकको परिचय र अन्य तथ्यहरु नफेरिएका समितिको निष्कर्ष छ।