• पैसा कमाउन तपाईं हामी कसलाई मन छैन र ? अझ टन्न पैसा कमाएर ऐशआरामको जीन्दगी जीउने कल्पना हर कोहीले हर समय गरि नै रहेको हुन्छ । तपाईं पनि गर्नु हुन्छ नै । तर कसरी पैसा कमाउने भन्नेमा तपाईं रुमल्ली रहनु भएको छ भने संसारकै सबैभन्दा धनाड्यहरु बिल गेट्स र फेसबुकका सस्थापक मार्क जुकरबर्गले दिएको यो सामान्य टिप्स काम लाग्न सक्छ ।

    मान्छे समझदार हुने एकै तरिका हुँदैन
    बिजनेस इनसाइडरका अनुसार बिल गेट्स भन्छन्- मान्छे समझदार हुने भन्ने कुनै एक तरिका हुँदैन । अलग–अलग प्रतिभा भएकाहरुलाई एकै ठाउँमा राख्न सके मात्रै पनि तपाईँ सफल बन्न सक्नु हुन्छ ।

    गेट्स भन्छन, ‘पहिला मलाई लाग्थ्यो कि जसको आइक्यू लेबल उत्कृष्ठ छ उसले सबै कुरा गर्न सक्छ तर यस्तो होइन रहेछ । सधैं भन्ने गरिन्छ कि स्मार्ट र सिम्पल आइडियाले सबै समस्या समाधान गर्न सकिन्छ तर मैले भने यो कुरा कहिल्यै पनि सम्झन सकिनँ ।’


    आफैमाथि भरोसा गर्नुस् 

    फेसबुकका सस्थापक मार्क जुकरबर्ग भन्छन्- पहिला तपाईं आफैले आफैमाथि भरोसा गर्नुस् । जति तपाईं सोच्नुहुन्छ त्यो भन्दा कयौँ गुणा गरेर देखाउन सक्नुहुन्छ । म जे पनि गर्न सक्छु, जे पनि सिक्न सक्छु भन्ने भरोसा राख्न भने नभुल्नुस । जुकरबर्ग सम्झन्छन्- मैले फेसबुक शुरु गर्दा म जम्मा १९ बर्षको मात्रै थिएँ । 

    उनले भनेका छन्- तपाईं उच्च शिक्षा सकेर कलेजबाट बाहिरीने बित्तिकै ६० हजार डलर मासिक कमाउन सक्नु हुन्न, सिधै राष्ट्रपति, प्रधानमन्त्री बन्न पनि सक्नुहुन्न । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…