• काठमाडौं । गर्मी महिना शुरु हुँदैछ ।  करिब १० देखि २० प्रतिशत मानिस मौमसी एलर्जीको शिकार हुन्छन् । यदि तपाई पनि यस्तै एलर्जीको शिकार हुनुहुन्छ भने केही त्यस्ता तरिका अपनाउनुस् जसले तपाईलाई यसबाट मुक्ति दिलाउन सक्छ ।

    तनाव नलिनुहोस् अमेरिकामा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने तनाव लिएको खण्डमा एलर्जीको लक्षण बढ्ने गर्छ । स्टे«स हार्मोन्स, ब्लड प्रोटीन इत्यादीले आईजीईलाई बढाउँछ जुन एलर्जिक रिएक्शनका लागि जिम्मेवार हुन्छ । विज्ञका अनुसार तनाव नलिने र पूरै निन्द्रा सुत्ने गर्नाले एलर्जीमा राहत मिल्छ ।

    तातो पानीले कपडाको धुलो सफा गर्छ अनुसन्धानका अनुसार यदि तपाईको सुत्ने ओछ्यानलाई १ सय ४० डिग्री फरेनहाइटको तापक्रममा धुनुभयो भने १ सय प्रतिशत धुलो कम हुन्छ । जबकी मनतातो पानीले धुदाँ ६ दशमलव ५ प्रतिशत धुलो मात्रै कम हुन्छ । केही मेसिनमा सेनेटाइज सेटिङ पनि हुन्छ । यदि मेसिनमा यस्तो विकल्प छैन भने वासिङ मेसिनमा तातो पानीको प्रयोग गर्नुहोस् वा हातले कपडा धुनका लागि तातोपानी प्रयोग गर्नुहोस् । कपडालाई मज्जाले सुकाउनुहोस् ।

    घर छिर्ने बित्तिकै नुहाउनुहोस् जसलाई एलर्जीको गुनासो छ त्यस्ता मान्छेले घर छिर्नासाथ नुहायो भने केही आराम मिल्छ । कपडा, जुत्ता, कपाल आदिमा छिरेका भाइरसको सम्पर्कमा आउने एलर्जीको लक्षण शरीरमा आउँछ । त्यसैले जति छिटो सकिन्छ नुहाउनुहोस् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…