• जनक रावत (जे.के)

    कोटातुल्सीपुर/कैलाली

    आदिवासी जनजाती तराईको भुमीपुत्र थारु अन्तर्गत पर्ने कठरिया सामुदायको होली पर्ब सुरु भई सकेको छ । थारु कठरिया सामुदायको होली पर्ब सबै भन्दा ठुलो पर्ब हो । यो होली पर्ब कठरिया समुदायमा मुख्य होलीको दिनको एक हप्ता देखि अगाडी देखि होली नाँचको लागि तयारी गरि सुरु हुने गर्दछ ।

    होलीमा बिशेष कठरिया समुदायका युवा युवतीहरुले पराम्परागत साँस्कृतिक पहिरन लगाएर होली सुरु भए देखि एक हप्ता सम्म होली नाँच नाच्ने गर्दछन् । कम्मरमा ठुलो ढोल बाजा बजाएर कठरिया युवा युवतीहरु होली खेल्दै गाँउघरमा, समुदाय, छरछिमेक तथा आफ्ना आफन्त संग रमाइलो गरी होली नाँच नाँचेर होली पर्ब मनाउने गर्दछन् । होलीमा नाँच्ने र आफ्ना सँस्कतिक पहिचानको संरक्षण सम्बद्र्धन गर्ने उद्धेश्यले हरेक बर्षको होलीमा होली नाँचगाँन गरेर होली पर्ब मनाउने र आफ्ना देवीदेवताको पुजा आजा गर्ने गर्दछन् ।

    होलीमा सानो सिमलको रुख प्रत्येक बर्ष गाँउको पुजा गर्ने ठाँउ (मरुवामा) मा रोप्ने, र त्यसमा पुजा गरेर होली पर्ब मनाउने गर्दछन् । सिमलको रुखमा गाँउमा रहेका तथा घरपरिवारमा रहेका भुतप्रेतलाई बाँध्ने र देवी देवतालाई मनाउने धार्मिक आस्थाले होलीमा सिमलको रुखमा खरानी भएको गोबरको गुइठाले र साथमा होलीको दिन पकाएका रोटी चढाएर पुजा गरेर होली पर्ब मनाउने गरिन्छ । होलीको ८ औँ दिनमा पानी होली (खखरेहरा होली) खेली होलीलाई बिदाइ गर्ने चलन कठरिया समुदायमा रहेको छ ।

    त्यसैले अन्य समुदायको तुलनामा थारु आदिवासी जनजाती तराईको भुमीपुत्रमा पर्ने कठरिया समुदायको होली पर्ब एकदमै ठुलो बिशेष पर्बको रुपमा बुझ्न सकिन्छ ।
    यो बर्षको होली पनि राम्रोहोस् भन्ने सम्पुर्ण कठरिया समुदायमा शुभकामना !

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…