• महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो ।    

    तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक र मानसिकरुपमा सक्रिय भएमा महिलालाई आत्मसुरक्षामा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गर्नुभयो ।

    उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गर्नुभयो । उहाँले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोकका अध्यक्ष तेजविक्रम शाह, स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका उपाध्यक्ष गणेशप्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…