• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौंमा आएको अवसरमा घरघरमा गएर दिपावली गर्न र लड्डु खान आग्रह गरेका छन् । शनिबार मेलम्चीको पानी सुन्दरीजलमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जतिबेला पायो त्यतिबेला लड्डु खाने गरिएको भन्दै यस्तो खुसीयालीमा चाहिँ लड्डु खानुपर्ने बताए । 


    ‘जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । खुसीको बेला खानुपर्छ,यहाँ त लड्डु ल्याइएन आज तर घरघरमा दिपावली गर्दै लड्डु ल्याएर खाए हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई छ । 


    उनले मेलम्चीको पानी ल्याउने क्रममा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै मेलम्चीको पानी ल्याएकोमा खानेपानी मन्त्री मणि थापालाई ‘भाग्यमानी’ मन्त्रीको संज्ञा दिए । सरकारले विकासका ठूलाठूला काम तीव्र गतिमा गरेको देखेर आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न लागि परेको भन्दै उनले काँग्रेससँग दुई नेता निवेदन हाल्न गएको बताए । 


    ‘एकथरीहरु यो सरकारले काम अचम्ममै गरेको छ, काठमाडौंमा पानी झारेको छ, राजमार्ग चौडा पारेको छ, सुरुङ खनेको छ, रेल किनेर ल्याएको छ । उधुम गर्न थाल्यो यो सरकारले रेलवे बनाएको छ । केबलकार बनाएको छ । यसलाई तुरुन्तै ढाल्न पर्यो भनेर हाम्रै पार्टीका हौ भन्ने दुइटाले औठाले सहीछाप गरेर निवेदन हाल्न गएका छन्’, ओलीले प्रचण्ड नेपालप्रति कटाक्ष गर्दै भने । 


    केपी ओलीले उधुम नै गर्न लाग्यो हटाउ भनेर उनीहरु काँग्रेसकोमा निवेदन हाल्न गएको उनको भनाइ छ । 


    ‘हाम्रो पार्टीले प्रत्यक्ष ११६ सिट जितेको छ । प्रत्यक्ष ११६ सिट जितेको पार्टी भत्काउने ? २३ सिट सिट जितेको काँग्रेसलाई लौन प्रभु नेतृत्व गर्नुपर्यो भन्ने ? यो जनताको आदेश हो ? इच्छा हो ? यिनीहरु लोकतन्त्रका, विधि प्रक्रियाका नक्कली कुरा गर्छन्’ प्रधानमन्त्री ओलीले भने । उनले  त्यतातर्फ चिन्ता नगर्न आग्रह गर्दै त्यस्तालाई ‘ठेगान’ लगाउने चेतावनी दिए ।

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र स्ववियु दुवै पक्षले …

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…