• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय तत्वले आफू नेतृत्वको सरकारले राम्रो काम गरेको भन्दै ढाल्न खोजेको आरोप लगाएका छन् ।

    शनिबार बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘कामहरु भएका भएकै छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘केही तत्वहरु सरकारको काम देखेर अत्तालिएका छन् । मलाई हटाउन लागिपरेका छन् ।’
    विपक्षी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति कटाक्ष गर्दै बोलेका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रै पार्टीको प्रत्यक्षमा ११६ सिट आएको छ । तर, कोही–कोही चाहिँ सानो पार्टी गुहार्दैछन् सरकारलाई ढालिहाल्नुपर्यो भनेर । सरकारकाले कामले कतिपयलाई पोलेको छ ।’

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…