• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको कुरा चल्दा आफ्नो कपाल कालै रहेको बताएका छन् । शनिबार बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मेरो कपाल कालै थियो मेलम्चीको कुरा चल्दा,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बनिसक्दा कतै कालो रहेन । यो हाम्रो लामो र ठूलो सपना थियो ।’

    यस्तै ओलीले अब बागमती पनि सफा हुने बताएका छन् । ‘धेरै वर्ष बागमती सफाइ अभियान चले,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब सफाइ अभियानलाई यसले पनि सघाउनेछ ।’ २७ गतेको शिवरात्रीमा सफा पानीले नुहाउन पाइने बताएका प्रधानमन्त्री ओलीले थपेका छन्, ‘प्रतिक्षा गर्नुस् । २७ गतेको शिवरात्रीमा तपाईँले दुर्गन्धित पानीले नहाउन पर्दैन । सफा पानी आउँछ । किनकी, मेलम्चीको यो पानी अब बागमतीको बाटो हुँदै बग्छ ।’

    कसैले काम गर्न नदिएपनि आफूले कामको ‘स्पीरिट्’लाई सन्तुलनमा राखेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कामहरु भएका भएकै छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो काममा ध्यान छ । हामी अरुले जस्तो आलोचना मात्रै गर्दैनौँ ।’

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…