• तीन महिनाको नाबालक छोराकी आमा बर्षा राई प्यारालाईसिस् अर्थात पक्षघात भएर हालः ओच्छ्यानमा थलिएर कष्टकर जीवन बिताइरहेकी छन्।

    गत पुष ७ गते झापाको दमकस्थित एक प्रसुती गृह अस्पतालमा बच्चा जन्माएर मोरङको उर्लाबारीस्थित आफ्नो घर फर्किएकी १९ बर्षीया बर्षा घरायसी कामकाजको क्रममा लडेर घाइते भएकी थिइन्।

    सुत्केरी अवस्थामा शारिरिक रुपमै कमजोर भएकै कारण बर्षा भुईमा लडेकी थिइन्। त्यसबेला उनलाई बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरियो।

    त्यहाँ उनको केही उपचारका प्रकृयाहरु सुरु भयो। सो अस्पतालमा केही दिनको उपचार पश्चात उनीलाई घर ल्याइयो। 'खासमा उनलाई उपचारमा खर्चको अभावले नै घर ल्याएको हो', उनको बुबा खेमनाथले भने।

    मोरङको रतुवामाई नगरपालिकाकोे वडा नं ६ सौठामा बर्षाको माइती घर हो। उनी आजभोली माइत घरमा आश्रय लिएर बाँकी आफ्नो र नाबालक छोराको जीवन व्यथित गरिरहेका छन्।

    उनी बोल्न सक्छन तर शरिरको भाग चल्दैन। बाँसको टाँटी बेरा भएको सानो छाप्रोभित्र उनी ओच्छ्यानमै दिन रात बिताइरहेकी छन्। उनीसँगै तीन महिने छोरा पनि छ तर छोराले आमाको काख र स्तनपान गर्न पाएका छैनन्।

    यता बर्षाकी आमा र बुबाको अवस्था झनै नाजुक अवस्थामा छ। अर्काको जमिन कमाउँछन्। सोही जमिनमा रहेको छाप्रोलाई मर्मत गरेर अहिले ७ जनाको परिवार बसोबास गरिरहेका छन्।

    खेतीपातीको काम भइञ्जेल आफ्नै घरमा र आफ्नो घरमा खेतीपातीको काम सकेपछि ज्यालामजदुरी गर्न नजिकैको गाउँ घरमा काम गर्न जान्छन् , बर्षाकी आमा बुबा।

    बर्षा घरकी जेष्ठ सन्तान हुन्। बर्षापछि दुई बहिनी र एक भाई छन्। उनीहरु गाउँकै बिद्यालयमा कक्षा ९, ७ र ३ मा अध्ययनरत छन्। आमा बुबा कामकाजले बाहिर भएको समयमा उनै बहिनी र भाईले बर्षा र बर्षाकी छोराको हेरचार गर्छन्।

    बर्षाको उपचारमा आर्थिक समस्या भएको कारण समस्या उत्पन्न भयो, स्थानीयबासी समेत रहेका बिरामीका आफन्त खगेन्द्र खालिङ राईले भने–‘घाइते अवस्थामै अस्पतालमा उपचार त भयो तर पर्याप्त औषधी र उपचार नभएकै कारण समस्या जटिल बन्यो।’

    अहिले बिगतको समयमा भन्दा स्वास्थ्यमा सुधार आएको देख्न सकिन्छ। उनी पहिले भन्दा बोल्न सक्ने भइन्। 

    पछिल्लो समय भारतको सिलगुढीस्थित एक अस्पतालमा उपचार गराइरहेकी बर्षालाई आर्थिक सहयोग सङ्कलन भइरहेको बिरामीका आफन्त नरेन खालिङले बताए। 'उपचारको क्रममा उनको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै आएको छ, यो खुशीको खबर हो', नरेनले भने।

    आर्थिक अवस्था कमजोर भएकै कारण पक्षघातले थलिएकी बर्षाको उपचारमा सहयोग जुटाउन अभियानको रुपमा अघि बढाइने भएको छ।

    बर्षाका श्रीमान ज्यालामजदुरी गर्छन्। श्रीमानको अवस्था कमजोर भएपछि बर्षा आफ्नो छोरासहित माइत घरमा आइपुगेकी हुन्। माइत घरमा दैनिक बिरामीको हेरचार र नानीको हेरचार राम्रो छ।

    बर्षाको उपचारमा छ्यालोस खालिङ राई बशंवाली समितिको एक टोलीले सहयोग उपलब्ध गराएको छ।

    सौठास्थित बर्षाको माइत घरैमा पुगेर समितिले  ३० हजार ५ सय ५ सहयोग रकम उपलब्ध गराएको हो।

    सहयोग उपलब्ध कार्यक्रममा समितिका अध्यक्ष डम्बर खालिङको नेतृत्वमा समितिका उपाध्यक्ष खगेन्द्र खालिङ, सचिव अनिलदेब राई, कोषाध्यक्ष शान्त खालिङ र सदस्यहरु नरेन खालिङ, हरि खालिङ, राजन खालिङलगायत सहभागी थिए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…