उर्लावारी-३ मंगलबारेमा रहेको न्यु भिजन मोबाइल सेन्टरमा आगलागी भएको छ ।
बिगत १० बर्ष अगाडि देखि ब्याबसाय गर्दै आएका स्थानिय दिनेश परियारको पसलमा आगलागी भएको हो ।
सोमबार साझ भएको आगलागीबाट अन्दाजी २५ लाख रुपैया बराबरको क्षती ब्याबसायी परियारको भनाइ छ ।
परियारका अनुसार पसलमा रहेका सम्पुर्ण मोबाइल र मोबाइलमा प्रयोग हुने सामान जल्नुका साथै ११ वटा ल्यापटप जलेर नष्ट भएका छन् ।
साथै पसलमा रहेको नगद ३ लाख रुपैया मध्ये १ लाख रुपैया मात्र झिक्न पाएको उनले बताए ।
साझ पख पसल बन्द गरेर हिडेका परियारको पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
स्थानिय दिनेश भण्डारीको पक्की घरमा पसल गर्दै आएका परियारको आगलागी बाट सम्पुर्ण सामान जलेर नष्ट हुनुका साथै भण्डारीको घरमा आङ्सिक क्षती भएको अस्थाई प्रहरी चौकी मंगलबारेले जनाएको छ ।
साझ पख लागेको आगोलाई स्थानीय बासी, प्रहरी र बेलबारी, कानेपोखरी, दमकको वारुण यन्त्रको सहयोगमा १ घण्टामा नियन्त्रणमा लिइएको थियो ।