• एजेन्सी
    इस्लामाबाद, १ कात्तिक

    पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो ।

    ७९ वर्षीय बाइडेनले बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा उक्त टिप्पणी गरेका थिए, जसमा उनले युक्रेन युद्ध, चीन, र अमेरिकी मुद्दाबारे छलफल गरेका थिए ।

    चीन र राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको सन्दर्भमा बोल्दै, बाइडेनले भने, ‘जिनपिङले आफूले चाहेको कुरा बुझ्दछन तर उनमा समस्याहरूको विशाल श्रृंखला छ ।’

    सोही सन्र्दभमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गरेका थिए । ‘ मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बिना तालमेल आणविक हतियार छ । 
    पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले दक्षिण बन्दरगाह सहर कराँचीमा  शनिबार आयोजित पत्रकार सम्मेलनमा आफू बाइडेनको भनाइबाट चकित परेको बताए । ‘मलाई लाग्छ कि यो ठ्याक्कै एक प्रकारको गलत बुझाइ हो जुन बचनबद्धताको कमी हुँदा सिर्जना हुन्छ’, उनले थपे ।
     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …

धनगढी, १२ भदौ कैलाली र कञ्चनपुरमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् ।…