• बारा, १ कात्तिक

    विदेशबाट फर्केका नेपालीलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षण परीक्षामा सहभागीलाई सामग्री हस्तान्तरण गरिएको छ । एक महिने तालिम समापन भएसँगै उनीहरूको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो ।

    बाराको कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे, निजगढ नगरपाकिलाकाका प्रमुख सुरथ पुरी एंव उपप्रमुख सोममाया थिङले सामग्री हस्तान्तरण गरेका हुन् । 

    मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा रिटर्नी माइग्रेन्टको आयोजनामा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ब्रिटिस काउन्सिल, युरोपियन युनियन र  युएनडिपीलगायत संस्थाहरूको सहयोगमा निजगढ र कोल्हबीमा विदेशबाट फर्किएका युवाहरूका लागि दिइएको एक महिने तालिम समापन कार्यक्रममा सामग्री वितरण गरिएको हो । 

    युवाहरूलाई विद्युत, डकर्मी र धारा जडानसम्बन्धी तालिम दिइएको थियो । तालिमका लागि छनाेटमा परेको रौतहटस्थित साँझा व्यवसाय सीप विकास प्रालिले एक सय र सर्लाहीको उद्यमी विकास तथा रोजगार सृजना केन्द्रले ८० जना युवालाई तालिम दिएको थियो ।  तालिमपछि सहभागीहरूका स्किल टेष्ट गरिएको र उनीहरूले काम गर्ने औजारहरू वितरण गरिएको रिटर्नीका सचिव घिमिरेले जानकारी दिए । स्किल टेष्टमा सहभागी भएका युवाहरूलाई व्यावसायिक रूपमा काम गर्न संस्थाले आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने सचिव घिमिरेले बताए । उनले तालिम प्राप्त युवाहरूलाई स्वरोजगार बनाउन स्थानीय सरकारले यथाशक्य सहयोग गर्नुपर्ने बताए ।

    कोल्हबीमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी माइग्रेन्ट बारा जिल्ला अध्यक्ष दिपेन्द्र सुवेदी, समृद्धि नेपालका पुरन चौधरी र साँझा व्यवसायीका कार्यकारी निर्देशक सुरेशप्रसाद साह, उद्यमी विकास तथा रोजगार सृजना केन्द्रका निर्देशक हिमालय अधिकारीको उपस्थिति थियो । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…