• काठमाडौं । गायन रियालिटी शो ‘ओप्पो द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत पहिलो हप्तादेखि शुरु हुने भएको छ । चैत ६ गतेखि हिमालय टेलिभिजनमा हरेक शुक्रवार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुने भएको हो ।

    कार्यक्रमको फर्म्याट अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा निर्णायकको सामना कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले बताए । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल ‘राउण्ड’मा प्रतिस्पर्धा गर्नेछन् ।

    निर्णायकको समूहबाट आस्था राउत बाहिरीएकी छिन् । उनको ठाँउमा अर्की गायिका तृष्णा गुरुङ भित्रिएकी छन् । निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत छन् ।

     

सम्वन्धित समाचार

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…

 महेन्द्रनगर, २९ फागुन   उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्…

गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम…