• काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । अपरान्हपश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टा देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई अपरान्हपश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …