•  

    मोरङ । अन्तराष्ट्रिय महिला दिवशमा कार्यक्रममा युवराज बास्कोटा माथि आक्रमण भएको प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरीशनिश्चरे नगर समितिले विज्ञप्ति प्रकाशन गरी घट्नाको निन्दा गरेको छ ।

    गत फागुन २४ गते पथरीशनिश्चरे गनरको आयोजनामा पथरी बहुमुखी क्याम्पसमा १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रममा मृतक सञ्जिव भण्डारीको आमा राधिका भण्डारीले एमाले नेता युवराज बास्कोटा माथि आक्रमण गरेकी थिइन । 

    एमाले नगर समिति अध्यक्ष मोहन तुम्वापोले आज (बुधबार) बिज्ञप्ति प्रकाशन गरी घट्नाको घोर भ्रत्सना गरेको हो । 

    सञ्जिव भण्डारी मृत्यु घट्नाको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ ‘गालिगलैज, आशंकाको भरमा सार्वजनिक स्थालमा राजनीतिक प्रतिशोध र शांघातिक आक्रमण गर्ने र उक्साउने कार्यप्रति गम्भीर आपति तथा खेद ब्यक्त गर्दछ ।’

    घट्नाको आयोजक पक्षले सत्यतथ्य छानविन गरी अवाञ्छित कार्यमा संलग्न ब्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन समेत ध्यान आकर्षण गरिएको छ ।

    यसरी भएको थियो आक्रमण

    मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का प्रधानमन्त्री ओली पक्षधर नेतालाई युवाराज बास्कोटा माथि महिला दिवश कार्यक्रम स्थालमै आक्रमण भएको छ । 

    छोराको हत्या भएको दावि गर्दै आएका नगरपालिका १० की राधिका भण्डारीले प्रधानमन्त्री ओली पक्षधर नेता युवराज बास्कोटा माथि १११ औ अन्तराष्ट्रिय दिवश कार्यक्रममै आक्रमण भएको हो । 
    पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा सोमबार पथरी बहुमुखी क्याम्पसको तेस्रो तलामा दिवश कार्यक्रम थियो । 

    कार्यक्रमको सभापति उपप्रमुख यमुना बिष्ट(बास्तोला) थिए भने नगर प्रमुख दिलिपकुमार राई प्रमुख अतिथि । सोही कार्यक्रममा बास्कोटा माथि आक्रमण भएको हो ।
    गत पुस १४ गते (मंगलबार) केपी ओली निकटका नेता युवराज बास्कोटाको घरमा मृत्यु भएको संजिव भण्डारीकी आमा राधिका भण्डारी लगायतले बास्कोटा माथि आक्रमण भएको हो । 

    मृतक भण्डारीकी आमा राधिका भण्डारीले कार्यक्रममा बोल्छु भनेर माग गरेपछि बोल्न दिइएको थियो । मृतक भण्डारीकी आमा राधिका भण्डारीले छोराको हत्या हुँदा नगरपालिका र अन्य कसैबाट सहयोग नपाएको बताएकी थिइन । त्यस बेला बास्कोटा कार्यक्रमा आइपुगेका थिएनन ।
     
    राधिकाले बोलिसकेपछि कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख दिलिपकुमार राईले बोल्ने क्रममा अनुसन्धान भइरहेको र दोषि प्रमाणित भए कारबारी हुने बताइरहदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रीय सदस्यसमेत रहेका युवराज बास्कोटा कार्यक्रममा आइपुगेका थिए । 

    बास्कोटा मास भएकोतिर वीचमा बसेका थिए । यसैक्रममा मृतक संजिव भण्डारीकी आमा राधिका भण्डारीले मेरो छोराको हत्यारा भन्दै प्लाष्टिक (रबर्ड)को कुर्सीले पछाडिबाट बास्कोटाको टाउकोमा प्रहार गरेकी थिइन । त्यसपछि अन्य महिलाहरुले समेत आक्रमण गरेपछि छुटाउनु परेको थियो । कार्यक्रम स्थालमा केहीबेर भागदौड भएको थियो । 

    तुरुन्त प्रहरी टोली आएर युवराज बास्कोटालाई सुरक्षाको लागि इलाका प्रहरी कार्यालय पथरी लगिएको थियो । बास्कोटालाई सोही साँझ छाडिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख डीएसपी कृष्ण खड्काले बताए । 

    महिलाहरुको आक्रमणबाट बास्कोटाको टाउकोमा फोका उठेको थियो । ढाडमा समेत निलडाम रहेको बास्कोटाले बताए । 
    छोराको मृत्युले आक्रोशित राधिका भण्डारी लगायतको परिवारले राजनीतिक हैसियत वाला ब्यक्ति भएकोले बास्कोटालाई घट्नाको अनुसन्धान राम्रो नभएको र किटानी जाहेरी दिदापनि उनलाई पक्राउ नगरेको गुनासो गर्दै आएका छन् । 

    संजिव भण्डारीको पोष्टमार्टमको रिपोर्ट आएपनि भिसेरा परिक्षणको रिर्पोटको र कज अफ डेढ (मृत्युको कारण) आउनु बाँकी रहेको प्रहरीले जनाउदै आएको छ । राधिका भण्डारी परिवार र आफन्तसहित युवाराज बास्कोटामा माथि अनुसन्धान गर्न भन्दै पटक पटक इलाका प्रहरी कार्यालय घेराउ गर्दै आएका छन् । 

    संजिव भण्डारी मृत्युहुनु पूर्व करिव १०–१५ दिनदेखि युवाराज बास्कोटाकै घरमा बस्दै आएका थिए । सोही क्रममा पुस १४ गते विहान सुतेकै कोठामा मृत अवस्थामा फेला परेका थिए । 
     

सम्वन्धित समाचार

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–…

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार …

भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथ…

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…