• विराटनगर / भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो भएपछि तस्करी बढेको छ । प्रतिलिटर २० रुपैयाँसम्म सस्तो भएका कारण सीमावर्ती क्षेत्रबाट इन्धनको तस्करी बढेको हो ।
    प्रहरीका अनुसार विराटनगरमा पेट्रोल पम्पबाट खरिद गरेर इन्धन भारततर्फ तस्करी हुने गरेको छ । मङ्गलबार मात्रै प्रहरीले विराटनगर–१२ बखरीबाट १३ वटा ग्यालेनमा राखिएको ६ सय ८० लिटर डिजेल बरामद गरेको छ ।
    नेपालबाट भारततर्फ अवैधरूपमा चोरी निकासी गरी लैजानका लागि राखिएको अवस्थामा डिजेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । मोरङकै सीमावर्ती क्षेत्रमा केही दिनअघि तेल तस्करको समूहले प्रहरीमाथि आक्रमण गरेको छ ।
    नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट इन्धन खरिद गरेर नेपालमा वितरण गर्दै आएको छ । तर नेपालको तुलनामा भारतमा इन्धन महँगो भएका कारण सीमावर्ती क्षेत्रबाट भारत तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …