•  पुष्कर खड्का

    रामेछाप । रामेछापको लिखु तामाकोशि गाउँपालिका वडा नम्बर – २ अरुणोदय मावि सैपुमा आयोजना गरिएको भलिवल प्रतियोगीता सम्पन्न भएको छ । जिल्लाकै ठूलो पुरस्कार राशि भएको भलिबल प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका गरि जम्मा १७ टिम सहभागी भएका थिए । प्रतियोगिता यहि फागुन २४ गते देखि २७ गते सम्म सन्चालन भएको हो ।

    प्रतियोगितामा चण्डेश्वरी मावि गोठपानीले ग्रामोदय युगकवि सिद्धिचरण मावि ओखलढुंगा लाई पछी पार्दै जित हात पारेको हो । चण्डेश्वरी मावि गोठपानीले १६ वटा टिमलाई पछि पादै प्रथम हुन सफल भएको हो । प्रथम हुने टिमले एक लाख रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगीतमा पचास हजार नगद जित्दै ओखलढुंगाको ग्रामोदय युगकवि सिद्धिचरण माविक द्धितिय र तीस हजार नगद जित्दै आयोजक अरुणोदय मावि सैपु तृतिय भएको छ । चौथो पुरस्कार कालिका मावि मानेभञ्ज्याङले सान्त्वना पुरस्कार जितेको छ ।

    प्रतियोगिता सन्चालन गर्न ५ लाख भन्दा बढि खर्च भएको र प्रतियोगिताको प्रथम पुरस्कार राशि खानि निर्माण सेवाले प्रायोजन गरे र प्रतियोगिताको फाइनल खेल करिब ५ हजार दर्शकको उपस्थितिमा सम्पन्न भएको विद्यालयका प्र अ सन्तोष पौडेलले जानकारी दिनु भयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …