उर्लावारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले युट्युबरले समाज बिगारेको दाबी गरेका छन् । पैसा कमाउने होडबाजीले होडबाजीले युट्यूवरहरुले समाज बिगारेको उनले आरोप लगाएका हुन् ।
महाशिवरात्री पर्वको अवसर पारेर उर्लावारी-३ मंगलबारेस्थित गुरुगोरक्षनाथ अखण्ड धुनी मन्दिर परिसरमा आयोजित कार्यक्रममा उनले उर्लाबारीका युवा प्रविण बाँस्तोलाको मृत्यु प्रकरणमा युट्युबरले आफ्नो बदनाम गर्न खोजेको आरोप लगाए ।
बाँस्तोला परिवारको न्यायको पक्षमा आफूले सदैव वकालत गर्दै आएको उनको भनाइ थियो । इलाका प्रहरी कार्यालय उर्लावारी परिसरबाट निस्कने क्रममा क्रममा आफुमाथि प्रयोग भएका अपशब्द कुरा युट्युबरले नराखेको मेयर फागोले बताए । नियोजित रुपमा आफुले बोलेका कुरामात्र हाइलाइट गरेर भाइरल भनाइएको उनको भनाइ थियो ।
आफूमाथि कुकुर, डाका,गुण्डाजस्ता शब्द प्रयोग गरेका विषयहरु भिडियोमा नहालिएको तर आफुले बोलेका कुरा मात्र हाइलाइट गरेर समाज भड्काउने काम युट्युबरले गरेको उनले दाबी गरे ।
समाज भड्काउने काम नगर्न र पत्रकारिताको आचारसंहिताभित्र रहेका काम गर्न उनले अनुरोध समेत गरेका छन् ।