•  

    मोरङ । किरात राई यायोक्खा केन्द्र र मोरङ जिल्ला समितिको टोली सुक्रबार किराती समुदायको सांस्कृतिक आस्थाको केन्द्रको रुपमा रहेको खुवालुङ पुगेर झण्डा गाडेका छन् । 

    किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्य नवीन राई, बिशाल कोयु राई, यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राई, उपाध्यक्ष सीता राई लगायतको ५१ जनाको टोली खुवालुङ पुगेर यायोक्खाको झण्डा गाड्नुको साथै विरोध कार्यक्रम गरेका हुन् । 

    सप्ताकोशी नदीमा केही बर्ष अघिदेखि निजी कम्पनीहरुले जेटबोट(जल यातायात र आन्तरिक पर्यटकको लागि) चलाउदै आएको छ ।  उक्त बोट चलाउन सहज गर्न नदीको वीचमा भएको ढुङ्गाहरु हटाउने प्रशंग चलेपछि खुवालुङ बचाउन यायोक्खा निरन्तर रुपमा लागि रहेको छ । 

    किराती समुदायको मिथकसँग जोडिएको खुवालुङ ढुङ्गा उदयपुरको बेलाका र धनकुटाको सहिदभूमि गाउँपालिकावीच भएर बग्ने सप्तकोशी नदी वीचमा पर्दछ । उक्त स्थान तमोर, अरुण र उत्तर तिरबाट मिसिएर आएने मुख्य नदीको त्रिवेणी नजिक पर्दछ । खुवालुङ पुग्न बाहाह क्षेत्रको पुलदेखि जेटबोटमा करिव २० मिनेटको दुरीमा पर्दछ । 

    जलमार्ग सफा गर्न १ नम्बर प्रदेश सरकारले रकम बिनियोजन गरेर ढुङ्गा फुटाउन टेन्डर समेत लागेको प्रसंश सार्वजनिक हुन थालेपछि किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको संयोजनमा २०७७ माघ १ गते यायोक्खा सुनसरी जिल्ला अध्यक्ष बलराम राईको संयोजकत्वमा खुवालुङ संरक्षण समिति गठन भएर क्रियाशिल रहेको थियो । 

    फागुन ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलेले विराटनगरको कार्यक्रममा जलमार्ग अवरोध गर्ने ढुङ्गा फुटाउने तयारी भइरहेको मन्तब्य दिएपछि किराती समुदाय खुवालुङ नष्ट नर्ग नहुने माग राख्दै आएको छ । खुवालुङ्ग लगायतको अबरोध हटाउन जेसीबी लिएर आएपनि स्थानीयहरुले फर्काइ दिएका थिए । जेसीबी लगायतको सामान फर्काउन यायोक्खा लगायतका संस्थाका पदाधिकारीहरुको भूमिका रहेको थियो । 

    यसैवीच फागुन २८ गते किरात राई यायोक्खा केन्द्र र मोरङ जिल्लाका पदाधिकारी सदस्यहरु खुवालुङ भएकै स्थलमा पुगेर कार्यक्रम गरेका छन् । 

    कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले खुवालुङ बचाएर जलमार्ग लानु पर्ने बताए । केन्द्रीय प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सचिव अर्जुन जम्नेली राईले किराती पुर्खाहरु तराईतिरबाट उत्तर लाग्दा खुवालुङमा ढोका बन्द भएको र जुरेली चराको भोग दिएपछि खुलेको र नछुङ (धामी)हरु मुन्दुम गाउँदै अनिवार्य खुवालुङ आएर शक्ति आर्जन गर्ने गरेको बताए । खुवालुङ माथि क्रेन लगाइए लगाउने ब्यक्ति, समूहलाई अनिष्ट हुने बताए । राईले खुवालुङको संरक्षण र विकास गर्न सकिए १ नम्बर प्रदेशकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावना रहेको बताए ।

    यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राईले खुवालुङ जवरजस्ति भत्काइए रत्तपात हुनसक्ने चेतावनी दिए । खुवालुङ हाम्रो आस्थाको केन्द्र लगायतको प्लेकार्ड सहित त्यहा पुगेको टोलीले खुवालुङ मास्न पाइदैन, खुवालुङ बचाउ अभियान लगायतको भित्ते लेखन समेत गरेका छन् । 
    सुक्रबार नै यायोक्खा केन्द्रीय समितिले कोटेश्वर सुम्निमा हलमा मुन्दुम, संस्कृति र कानूनवीचहरुसँग अन्तरक्रिया गरेको छ । 

     खुवालुङ्ग के हो ?

    तराईदेखि उत्तर पहाड लाग्ने क्रममा किराती पूर्खाहरु खुवालुङ्ग पुग्दा ढोका बन्द भएको र एक भाईले जुरेली चराको भोग दिएपछि ढोका खुलेर पहाडतिर चढेको मिथक रहेको छ । एक भाईले जुरेलीको भोग दिदा ढोका खुल्यो भने अर्को भाइले चेलीको खुट्टाको कान्छि औला काटेर रगत दिएपछि ढोका खुलेर पहाडतिर लागेको मुन्दुमले जनाउद छ । 

    ढोका खुलेर माइतिचेली उकाले लागेपनि बहिनीको रगत अत्याधिक बगेर मृत्यु भएको मिथक छ । चेलीको रगत लागेको केराको पात बाख्राले खाएकोले चाम्लिङ राईहरुको घरमुलीले हालसम्म खासी, बाख्राको मासु खाँदैनन । जवरजस्ति खाएमा विरामी हुन्छन भन्ने मान्यता हालसम्म रहेको छ । 
    अर्कोतर्फ किराती समुदाय जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक पर्ने नछुङ (धामी), फेदाङ्मा, नाक्सोले मुन्दुम गाउँदै उभो हिमालसम्म र उद्यो खुवालुङसम्म आउने परम्परा छ । भौतिक रुपमा खुवालुङ नदेखेका मुन्दुमी (नछुङ)हरु हरेक चिन्ता (धामी बस्दा) देउ शक्ति आर्जन गर्न खुवालुङ आइपुग्छन । खुवालुङ आएर डुङ्गा खियाएको सिशीसँगै नदी पार गरेर खुवालुङमा पुग्दछन् । किराती समुदायको धार्मिक साँस्कृतिक महत्व बोकेको खुवालुङलाई बचाएर नदीको एक छेउबाट जलमार्ग खोल्न यायोक्खाले सरकारसँग अनुरोध गर्दै आएको छ । 

    किराती पूर्खाहरु खुवालुङबाट अरुण, तमोर, सुनकोशी नदी पछ्याउदै पहाडतर्फ लागेका थिए । यी नदीहरुहुँदै शाखा नदी÷खोला किनारामा किराती समुदाय बिकसित भएको पाइन्छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…