• मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक साधारण सभा बुधबार समापन भएको छ । 
    संस्थाको अध्यक्ष पुष्पराज शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रहनुभएका नगर प्रमुख मोहन तुम्बापो, सामुदायिक वन उपभोक्ता महासंघ मोरङ जिल्ला कार्यबाहक अध्यक्ष मदन पोखरेल, नगर अध्यक्ष मैना आचार्य, डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साहा स्थानीय समाजसेवी प्रेम ढकाल लगायतले शुभकामना दिएका थिए ।
    कार्यक्रममा जेष्ठ उपभोक्ताहरु, फरक क्षमता भएका उपभोक्ताहरुलाई नगद, दोसल्लाह, उपभोक्ताका जेहेन्दार २२ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, सार्वजनिक विद्यालयबाट एसइईमा उच्च जीपीए ल्याउने एक छात्र र छात्रालाई छात्रवृत्तिको रुपमा जनही साइकल प्रदान गरिएको थियो । 
    खुल्लासत्रमा अध्यक्ष पुष्पराज शाही, सचिव आरती राई, कोषाध्यक्ष रुमा लामा, लेखा समिति संयोजक ओम ढकालद्वारा प्रतिवेदन पेश प्रस्तुत भएको थियो । 
    कार्यक्रममा डाँसमोरङ्गी, भूल्के पशुपति, मनकामना, शान्ति, सुन्दर लगायतका छिमेकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मनकामना सामुदायिक वनको चर्चा अमेरिकामा समेत हुने गरेको मोरङ पथरीशनिश्चरे नगरपालिका—१ नं.…

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…