• इटहरी / मनोमानी शुल्क असुलेको भन्दै इटहरीको बिश्वआदर्श कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।


    वि वान्ट जस्टीस, मनोमानी शुल्क फिर्ता गर' भन्दै बिश्वआदर्श कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । शिक्षकले असभ्य बोलेको र कलेजले मनोमानी शुल्क लिएको भन्दै उनीहरू इटहरी उपमहानगरपालिका कार्यालय पुगे ।जनप्रतिनिधिलाई भेटेर आफ्नो समस्या सुनाउन खोज्दै गर्दा उपमेयर लक्ष्मी गौतमलाई आफ्नो समस्या सुनाए । विद्यार्थीको कुरा सुनिसकेपछि उपमेयर गौतमले आइतबार कलेज प्रशासन र विद्यार्थी सँग छलफल गर्ने वचन दिइन ।


    कलेजले लकडाउनको समयको समेत शुल्क लिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । एउटै विषय पढ्ने विद्यार्थीलाई थोरै र धेरै शुल्क लिएर विभेद गरेको भन्दै आन्दोलनमा उत्रिनु परेको विद्यार्थी निमा तामाङले बताए । आफूहरू ५ महिना कलेज जाने तर कलेजले १२ महिनाको शुल्क तिर्न बाध्य परेको उनको भनाइ छ ।


    कलेजमा कुरा उठाउँदा शिक्षकले धम्की दिने गरेको विद्यार्थीहरू सुनाउँछन् । बारम्बार भन्दा समेत बेवास्ता गरेको भन्दै सडकमा आउनु परेको उनीहरूको तर्क छ ।बिश्वआदर्श कलेजका प्रिन्सिपल गणेश दुलालले विद्यार्थीका माग छलफल गरेर सुनुवाइ गरिने बताए । कलेजले पनि शिक्षकलाई तलब दिने देखि अन्य खर्च धान्नुपर्ने भएकोले शुल्क लिन बाध्यता रहेको उनको तर्क छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…