भोजपुर । भोजपुरमा धान कुट्ने मिलको फित्तामा घाटीँमा लगाएको सल बेरिएर मृत्यु एक महिलाको भएको छ ।
भोजपुर रामप्रसादराई गाउँपालिका-१ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाको मेलको फित्तामा घाटीँमा लगाएको सल बेरिएर मृत्यु भएको हो ।
शनिवार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउँने क्रममा घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिन पुगेको थियो ।
जसका कारण घाँटीमा चोट लागेर घाईते बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।