• जाजरकोटको भेरी नगरपालिका–३ न्यूरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ ।

    पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्रु खलंगादेखि रिम्नासम्म चार पाँच घण्टा पैदल हिँड्न बाध्य छन् ।

    दैनिक उपभोग्य वस्तु ओसारपसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमा समेत जोखिम भएको छ । केन्द्रीय विद्युत् लाइन प्रसारणमा बाधा पुगेको छ । भत्किएको सडक पुनर्निर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो स्थानीयवासीको छ । ‘पहिरो रोकथाम तथा सडक सञ्चालन गर्न कुनै पनि निकायले पहल गरेका छैनन्’ स्थानीयवासी गणेश थापाले भने । यात्रुलाई पैदल आवतजावतमा कठिनाइ भएको छ । बस्ती नै जोखिममा परेको छ । खलंगा–रिम्ना सडकको स्तरोन्नतिमा गुणस्तरीय काम नहुँदा पहिरो खसेको उनले  बताए । सडकमा ढल निकासको व्यवस्था नहुँदा बस्ती नै बग्ने गरी पहिरो गएको छ । रोजेन्द्र र जलजला जेभी काठमाडौंले न्यूरोड क्षेत्रमा पर्खाल तथा ग्याबिनको काम गरेको थियो । सडक डिभिजन कार्यालय चौरजहारीले गुणस्तरमा बेवास्ता गर्दा पहिरोले क्षति व्यहोर्नुपरेको थापाले बताए । निर्माण व्यवसायीले पाँच महिनाअघि न्यूरोडमा मनोमानी डिजाइन विपरीत पर्खाल तथा ग्याबिङ कार्य गरेका थिए । सडक स्तरोन्नति कार्य गुणस्तरीय नभएको भन्दै स्थानीयवासीले गत वैशाखमा विरोधसमेत गरेका थिए । पटक–पटक जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवालाको ध्यानाकर्षण गराए पनि बेवास्ता भएको सरोकार समितिका अध्यक्ष अमरसिंह राठौरले बताए । ‘सडकमा ढल निकासको व्यवस्था नगर्दा पनि पहिरो खसेको हो’, उनले भने । खलंगा–रिम्ना सडक स्तरोन्नति कार्य  १२ करोड रुपैयाँ लागतमा रोजेन्द्र र जलजला जेभी काठमाडौंले जिम्मा लिएको थियो । रासस

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …