• भीमराज अधिकारी, कुमार खड्का

    प्रदेश १ सरकार मातहत बन्न लागेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर वर्ष दिन वितिसक्दा पनि नाम मै मात्र सिमित रहेको छ ।
    मोरङको उर्लाबारी मंगलबारेमा रहेको मंगलबारे अस्पतालको स्तर उन्नती गरी प्रदेश १ कै गौरवको स्वास्थ्य आयोजनाको रुपमा व्याख्या गरेको सरकारले १ वर्ष वितीसक्दा पनि अस्पतालको छाप र लेटरप्याड बाहेक अन्य कुराको स्तर उन्नती गर्न सकेको छैन् ।

    प्रदेश सरकारले ट्रमा संचालनको लागि आवश्यकीय पूर्वाधारको विकाश कहिले गर्छ त्यसको आंकलन गर्न सकिन्न । प्राथमिक ट्रमा सेवा प्रदान गर्नका लागि जानशक्तिको व्यावस्थापन समेत गर्न नसक्दा अस्पतालमा रहेको उपकरणमा समेत यति बेला भङगेराले गुँड लगाएको छ ।

    सेवाग्राहीको पिडा

    घण्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउने सेवाग्राहीहरुले गुनासो गरेका छन् । ३ महिना अगाडी नै अस्पतालमा अस्तव्यत रहेको र व्यवस्थापन गर्नुपर्ने गुनासो निर्मल कुमार तिम्सिनाको थियो तर ३ महिना पछि पनि अस्पतालको अवस्था उस्तै रहेको तिम्सिनाले गुनासो गरे । लाइनको व्यवस्थापन मात्रै सहज रुपमा गरिदिने हो भने पनि सेवा लिन सहज हुने तिम्सिनाको बुझाइ छ ।

    सरकारले मंगलबारे अस्पतालबाट मदन भण्डारी ट्रमा सेन्टर भनेर नाम मात्रै परिवर्तन गरेको तर सेवा दिन नसकेको उर्लाबारी ३ की सम्झना महतले बताइन् । वडा सदस्य सम्झनाले सेवाका लिन आउदा घटौँ लाइन बस्नुपर्ने, डाक्टरको अभावका कारण सेवा लिन लामो समय लाग्ने गरेको गुनासो गरिन् ।


    पथरी शनिश्चरे ३ का सरोज राईले पनि लामो लाइन बसेपछि मात्रै पालो पाएको गुनासो गरे । सरकारले छाप र लेटरप्याड मात्रै परिवर्तन गरको तर सेवा दिन नसकेको राईको गुनासो छ । नाममा भन्दा पनि काममा ध्यान दिनुपर्नेमा सरकारले सामान्य सेवा समेत दिन नसकेको अवस्थामा ट्रमा सेन्टरको खोक्रो आश्वासन दिएकोमा राईले दुःखेसो पोखे ।

    खचाखच सेवाग्राही आउने अस्पतालमा अर्थोपेडिक डाक्टरहरुको अभावका कारण नै सेवा प्रदान गर्न नसकिएको मेडिकल सुपरीटेन्डेन्ट (मेसु) योगेश मण्डल बताउछन् । मण्डलका अनुसार सरकारले ट्रमा सेन्टरका लागि आवश्यक पर्ने सामान्य उपकरणको व्यवस्थापन गरेको छ तर जनशक्ति नहुँदा ती उपकरण पनि प्रयोग बिहिन अवस्थामा छन् । व्यवस्थापन समितिले बढि मात्रामा चासो दिनुपर्ने तर त्यसो पनि हुन नसकेको कारण ट्रमा सेन्टर नाममा मात्रै सिमित रहेको मण्डलको भनाइ छ ।

    करारमा कर्मचारी नियुक्ती गरेर भएपनि सेवा दिन्छौँः अध्यक्ष पोख्रेल

    कर्मचारी कम भएका कारण सेवाग्राहीले मार खेप्नु परिरहेको छ । आवश्यक जनशक्तीको माग गरिसकेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष नरेश पोख्रेलले बताए । सरकारले जनशक्ती नपठाए करारमा आवश्यक जनशक्ती नियुक्ती गरेर भएपनि सेवा दिने पोख्रेलको भनाइ छ ।

    यता औषधीका लागि पनि टेन्डर खुलाएर खरिदको अन्तिम चरणमा रहेको पोख्रेलले बताए । अब केही दिनमा नै औषधी प्रयाप्त मात्रामा उपलब्ध हुने बताइएको छ । महिनौँ अघिदेखि मंगलबारे अस्पतालमा आउने बिमाका बिरामीले औषधी किनेर खानुपर्ने बाध्यता रहेको छ ।

    प्रदेश सरकारको २०७६ पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले साविक १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने निणर्य गरेको थियो । सोही अनुसार अस्पतालको नाम परिवर्तन गरिएको छ तर, अहिले पनि साविक १५ शय्याको अस्पतालका जनशक्तिबाटै स्वास्थ्य सेवा सञ्चालनमा रहेको छ ।

    सरकारको निणर्य एक वर्ष पूरा भए पनि त्यसका लागि अस्पतालको शय्या वृद्धि र आवश्यक जनशक्ति पदपूर्ति गर्ने काम पनि हुन नसक्दा अहिले पनि अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश मण्डलको भरमा चल्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…