• तस्वीरः प्रधानमन्त्रीको सचिवालयबाट

    काठमाडौं, चैत ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड समिति र तीन सदस्यीय संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

    संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले गुटगत भेलामा सहभागी नहुन पुनः आव्हान गर्नुभएको छ । पार्टीको विधान विपरित गुटगत भेला र गतिविधिमा सहभागी हुनेलाई विधानअनुसार कारवाही हुने चेतावनी उहाँले दिनुभएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।
    सांसद बस्नेतकाअनुसार संसदीय दलको बोर्डमा केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, रघुवीर महासेठ, शेरबहादुर तामाङ लगायतका सांसदहरु हुनुहुन्छ । पार्टीका सांसदहरुले विधान विपरित र पार्टीको नीति नियम विपरित आचरण व्यवहार गरेमा बोर्डले कारवाही गर्ने निर्णय गर्न सक्नेछ ।
    आजको बैठकले बोर्डमा २४ जनाको नाम टुङ्गो लगाएको छ । बाँकी तीन जनाको नाम पछि मनोनित गर्ने निर्णय भएको सांसद बस्नेतले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
    त्यसैगरी प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । समितिमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य हुनुहुन्छ । समितिले संसदीय दलको विधान संशोधनको प्रस्ताव तयार गरी संसदीय दलको बैठकमा प्रस्तुत गर्ने सांसद बस्नेतले जानकारी दिनुभयो ।

    नेपाल पक्षका सांसद पनि सहभागी
    बैठकमा यसअघि झलनाथ खनाल–नेपाल पक्षमा सहभागी रहनुभएका सांसदहरु आज संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ । सांसद बस्नेतकाअनुसार आजको बैठकमा लालबाबु पण्डित, तुलसा थापा, गंगा सत्गौंवा थारु, माया ज्ञवाली, विष्णु शर्मा, कलिना खातुनको सहभागिता थियो ।

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …