काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पारित प्रस्तावहरू पढेर सुनाएका थिए ।
भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ ।
यस्ता छन् १७ बुँदे विशेष प्रस्ताव :