• उर्लाबारी । उर्लाबारी नगरपालिकाले दमकल खरिद गरेको छ । ४७ लाख रुपैयाँमा दमकल खरिद गरी ल्याएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो ।

    जनप्रतिनिधि आएको ४ बर्षपछि उर्लाबारी नगरपालिकाले दमकल खरिद गरी ल्याएको हो । दमकल सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत छनौट गरिसकेको मेयर फागोले जानकारी दिनुभयो । आगलागीको घटनाबाट बर्षेनी ठूलो धनजनको क्षति ब्यहोरिरहेको बेला उर्लाबारी नगरपालिकाले नयाँ दमकल खरिद गरेको छ ।

    उर्लाबारी आसपासको क्षेत्रमा आगलागीको घटना बढी रहेको बेला उर्लाबारी नगरपालिकाले दमकल खरिद गरेको हो । छिमेकी नगरपालिकाको दमकलको भर पर्नुपर्ने अबस्थाबाट अब उर्लाबारी नगरबासीहरुलाई मुक्ति मिलेको छ । यसैगरी अबको दिनमा आगलागीबाट हुने क्षति न्यूनिकरण हुने कुरामा स्थानीय बासिन्दाको अपेक्षा रहेको छ । केही समयअघि आगलागी हुँदा जनप्रतिनिधिहरुको आलोचनासमेत भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…