• काठमाडौं, १३ फागुन, बलिउड सुपर नायिका श्रीदेवीको निधन भएको छ ।

    ५४ वर्षीया श्रीदेवीको हृदयाघातका कारण निधन भएको हो ।

    दुबईमा आयोजना भएको एक विवाह समारोहमा सहभागी भइरहेका बेला उनको हृदयाघातका कारण निधन भएको हो ।

    श्रीमान् बोनी कपूर र छोरी खुशीका साथ विवाह समारोहमा सहभागी भइरहेको बेला उनलाई हृदयाघात भएको हो ।

    सन् १९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवी १९७५ देखि बलिउडमा रहेकी छिन् । उनको डेब्यू फिल्म जुली हो ।

    उनले तमिल, तेलेगु, मलायाम, कनादा र हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन् ।

    उनी बलिउडकी चर्चित नायिक थिइन् । उनले ३ सय वटा चलचित्रमा काम गरिसकेकी थिइन् ।

    सन् १९९७ मा चलचित्र ‘जुधाई’मा अभिनय गरेपछि उनी चलचित्र क्षेत्रबाट करिब १५ वर्ष बाहिरै बसेकी थिइन् ।

    उनको अन्तिम चलचित्र सन् २०१७ को जुलाइ ७ मा रिलिज भएको ‘माँम’ हो ।

    सन् २०१७ मा श्रीदेवीको चलचित्र ‘माम’ रिलिज भएको थियो । श्रीदेवीको यो ३०० औं चलचित्र हो ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…