•  दाङ, २७ पुस

    दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ । 

    दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो । 
    बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिए ।

    संक्रमण दर बढेको र सरकारले समेत २५ जना भन्दा बढी भिडभाड हुन तथा मेला महोत्सव गर्न रोक लगाएको हुँदा मेला स्थगित गरिएको उनले जानकारी दिए ।  

    धार्मिक स्थल समेत भएकाले मन्दिरमा पूजाआजा भए पनि मेला भने नहुने उनले जानकारी दिए । मन्दिरमा पूजा गर्नका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरु आउने गरेका छन् ।

    मन्दिरमा भेडाको बली दिइने र परेवा उडाइने गरिन्छ ।

    यस्तै लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङ लगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । त्यहा पनि दैनिक मानिसहरुको भिडभाड र जमघट हुने गर्दछ । तर यस वर्ष मेला स्थगित गरिएको बताइएको छ । 

सम्वन्धित समाचार

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

नायिका आँचल शर्मासञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् …

 रत्ननगर, २३ पुस  यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । …