•  प्योङयाङ, २८ पुस

    उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो । सो प्रहार एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ ।

    नयाँ वर्षको अवसरमा नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका थिए । मंगलबारको परीक्षणको जापान र दक्षिण कोरिया दुबै देशले विरोध गरेका थिए । प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

    उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । 

सम्वन्धित समाचार

काठमाडौं, १० कार्तिक २० किलो अवैध गाँजासहित बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । कलैया उपमहान…

लमजुङ, ११ कात्तिक लमजुङ कारागारका अधिकांश कैदीबन्दीले बिहीबार भाइटीका लगाएका छन् । कैद भुक्तान …

हरिप्रसाद भुसाल / कार्तिक ५, अर्घाखाँची अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाईको हत्या गरेका छन् । …

–उदयपुरको बेलका नगरपालिका–२ भागलपुरकी मेनुका चौधरी ०७५ सालमा सप्तरी कञ्चनरूप नगरपालिका&nd…