काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा विभिन्न ७ वटा एजेण्डामाथि छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले आज विहान संसदीय दलले पारित गरेको संसदीय दलको बिधान अनुमोदन गर्ने भएको छ ।
यस्तै अध्यक्षलाई अधिकार प्रत्यायोजन, महाधिवेशन आयोजक समिति गठन, कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जन संगठनको जिम्मेवारी र पार्टी हित विरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एजेण्डा तय भएको छ ।
बैठकमा खनाल -नेपाल पक्ष सहभागी छैनन्।